फर्निचर तथा फर्निसिङ एक्स्पो आजदेखि

आठौं संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ को सबै सबै तयारी पूरा भएको छ ।
२३ भदौमा दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पोको औपचारिक उद्घाटन हुनेछ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालीले जानकारी दिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गर्नेछन् ।
उक्त एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । बिहान १० बजेदेखि नै अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुला गरिने र एक्स्पो अवलोकनका लागि कुनै शुल्क नलाग्ने इभेन्ट सोलुसनले बताएको छ ।