Logo

दाङको विकट क्षेत्र गंगटेमा बिजुलीे


दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ गंगटेमा विद्युत विस्तार भएको छ । करिब चार वर्षको अथक प्रयासपछि पुस १० गते बबई गाउँपालिका–१ को गंगटेसम्म विद्युत विस्तार भएको हो ।
विद्युत प्राधिकरणको दुई करोड ५० लाख र बबई गाउँपालिकाको ६७ लाख गरि ३ करोड १७ लाख रुपैयाँको लागतमा गंगटेसम्म विद्युत विस्तार भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए । विद्युत विस्तार गर्नका लागि बबई गाउँपालिका–५ बबरपुरदेखि वडा नं. १ गंगटेसम्म करिब २४ किलो मिटर क्षेत्रमा विद्युत पोल गाड्नेदेखि तार तान्न करिब चार बर्ष लागेको हो ।
गत मंसिर महिनामै विद्युत विस्तार गर्ने गरी आर्थिक वर्ष २०७५/०७६ सालदेखि विद्युत विस्तारको काम भए पनि बबई गाउँपालिका–५ बबरपुरदेखि गंगटेसम्म वन क्षेत्रको अवरोधसँगै कोरोना महामारीका कारण काम गर्न ढिलाइ हुँदा विद्युत विस्तारमा समस्या भएको थियो । “बबई गाउँपालिकाको मात्र होइन जिल्लाकै विकट क्षेत्रका रूपमा रहेको गंगटेमा मंसिर महिनामै विद्युत पु¥याउने गरी काम सुरु गरेका थियौं,” गाउँपालिका अध्यक्ष पौडेलले भने, “कोरोना महामारीसँगै बबरपुरदेखि गंगटेसम्मको बीचमा जंगल क्षेत्र पर्ने भएकाले काम गर्न समस्या भयो । जसका कारण विद्युत पु¥याउन केही समय ढिला हुन पुग्यो ।” गाउँपालिका अध्यक्ष पौडेलले गंगटेमा विद्युत पुगेपछि गाउँपालिकाका सबै वडामा विद्युत विस्तार भएको छ ।
वर्षौंपछि गाउँपालिकामा विद्युत पुगेपछि स्थानीय खुसी भएका छन् । विद्युत नहुँदा अध्यारोमा काम गर्नुपर्ने बाध्यतासँगै टिभी हेर्न, मोबाइल चार्ज गर्ने सुविधा घरमै पाएको स्थानीय जीतबहादुर घीिर्तमगरले बताए । उनले विद्युत नहुँदा सोलारबाट काम चलाउँदै आएको भए पनि अब त्यो समस्या हट्ने बताए । “गाउँमा विद्युत नहुँदा घरमा सोलार राखेर बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने काम गर्दै आएका थियांै ।
तर घाम नलाग्दा बत्ती बाल्नै समस्या हुने गरेको थियो,” उनले भने । अब त विद्युत तार पनि घरआगनमै आइपुग्यो । बत्तीआएपछि बालबालिकालाई पढ्नदेखि रातको समयमा बत्ती बालेर पढ्नसमेत सहज हुने उनी बताउँछन् ।
वर्षाैंपछि गाउँमा विद्युत पुगेपछि ७० बर्षीय मानबहादुर गुरुङ खुसी छन् । वर्षाैंसम्म आउँछ आउँछ भनेर नआएको विद्युत अहिले आइपुग्दा खुसी लागेको उनले बताए । “हामी विकट गंगटेका मान्छेलाई जहिल्यै ढाट्ने काम मात्र भएको थियो ।
नेताहरूले विद्युत आउँछ, बाटो बन्छ मात्र भन्थे न विद्युत आउँथ्यो नत बाटो बन्थो,” उनले भने, “तर अहिले विद्युतको तार घरनजिकै आएको छ । यो देख्न पाउँदा खुसी लागेको छ अब घरमा विद्युत बाल्न मन छ ।” उनको परिवारले विद्युतका लागि वडा कार्यालयमा निवेदन समेत दिएको बताए ।
विद्युत विस्तारसँगै अब स्थानीयलाई सोलार र मट्टी तेलबाट बत्ती बाल्नु पर्ने समस्या हट्ने भएको बबई गाउँपालिका–१ का वडाध्यक्ष खड्गबहादुर कुँवरले बताए । गाउँपालिकामा बत्ती आइपुगेपछि स्थानीयको वर्षौंदेखिको आशा पूरा भएको उनले बताए । “गाउँपालिकाका अन्य वडामा विद्युत थियो तर हाम्रो वडामा विद्युत विस्तार भएको थिएन,” वडाध्यक्ष कुँवरले भने, “जसले गर्दा जहिले नि वडावासीले विद्युत कहिले आउँछ भनेर सोध्नु हुन्थ्यो ? त्यो प्रश्नको अन्त्य भएको छ ।”

प्रतिक्रिया दिनुहोस्