सिन्धुपाल्चोक र काभ्रेका प्राविधिकलाई सर्वोत्तम सिमेन्टको प्रशिक्षण

सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लामा विभिन्न भवन निर्माण कार्यमा संलग्न वरिष्ठ प्राविधिक ठेकेदारहरुलाई लक्षित गर्दै भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कम्पनीका परियोजना प्रमुख इन्जिनियर अभिषेक झाले ओपीसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै सोको उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गरेका थिए । साथै उक्त कार्यक्रममा भवनलाई भूकम्प प्रतिरोधी बनाउन सिमेन्ट तथा डण्डीको सही प्राविधिक प्रयोगबारे जानकारी तथा प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।
कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाको अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआर एम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने पहिलो नेपाली कम्पनी हो ।