Logo

‘टुर्बोग ओपन’ को भिडियो सार्वजनिक

 हाम्रै नेपाली कलाकारहरू ¥यापर लाहुरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरू ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ । अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’ सँग फेरि आएका छन् । उनीहरूको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्र«याक रचना भएको छ भने स्थानीय नेपाली संस्करणको लागि लाउरे र बिपुलले उनीहरूको लागि ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरू पुनःलेखन गरेका छन् । केही महिनासम्म स्टुडियोमा एक अर्काको विचार र धारणाहरू साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ ।
टुबोर्गले हाम्रो आफ्नै नेपाली कलाकारहरू लाउरे र बिपुललाई विश्वव्यापीकलाकारहरू डिप्लो र मो सँग सहकार्य गराई एक प्रकारको कोल्याबोरेटिभ गीत र भिडियो निकाल्न सहयोग गरेको छ । यस ‘स्टे ओपन’ट्र«याक र भिडियोले एउटा विश्वव्यापी टुबोर्गओपन प्ल्याट्फर्मसँग विश्वव्यापी र स्थानीय कलाकारहरूलाई मिलाई उनीहरूको विचार र धारणाहरू झल्काउँछ । यस सहकार्यले संगीतको कुनै सीमा हुँदैन र संगीतले सीमाभन्दा बाहिर रहेको सिर्जनात्मक विचारहरूलाई ल्याई सोच्न सहयोग पु¥याउँछ भन्ने कुरा प्रमाणित गर्छ । ‘स्टे ओपन’गीतहामीहरू नयाँ अनुभवहरूको लागि खुला रहनुपर्छ भन्ने विषयमा छ । यस परियोजनामार्चमा सुरु भएको थियो । बिपुल र लाउरे कोपेनहेगन गई डेनिस कलाकार ‘मो’ सँग भेटी उनीहरूको संगीत बनाउने खुला सोच एक–अर्कासँग बाँडी ‘स्टे ओपन’गीतको नेपाली संस्करण तयार पारेका थिए । यस वर्षको अभियानबारे बोल्दै, डिप्लोले भने, “टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ ट्र«याकमा काम गरिरहेका थियांै, यस ट्र«याक मानिसहरूमा नयाँ व्यक्ति र नयाँ अनुभवहरूका लागि खुला सोच हुनुपर्ने आवश्यकताका बारेमा छ ।”
बिपुलले थपे, “टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरेसँगको शानदार सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ ।

 

प्रतिक्रिया दिनुहोस्