Logo

डोजर दुर्घटनामा दुईको मृत्यु

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका १ चनौटेमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान सडक ममत गर्ने क्रममा डोजर पल्टिँदा डोजर चालक धनुषा जिल्ला मिथिला नगरपालिका १० का अन्दाजी ३० वर्षिय सन्तोष रिजाल र सहचालक सिन्धुलीको तिनपाटा गाँउपालिका ५ का कमल बोगटिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा सडक मर्मतको काम गर्ने तीनपाटन गाउँपालिका ५ कै अन्दाजी २४ वर्षका गणेश थापा क्षेत्री गम्भिर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको छ । दुर्घटनामा घाइते तिनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा चालक र सहचालकको बाटोमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।
एसके देवीरमण कन्स्ट्रक्सनको बा २ क ३२०५ नम्बरको डोजर चनौटेको भित्रि सडक मर्मत गर्ने क्रममा सडकबाट करीव २५ फिट तल खसेको थियो । दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्