Logo

टिच फर नेपालद्वारा शैक्षिक अभियानमा साथ दिने बैंक तथा व्यावसायिक प्रतिष्ठानलाई सम्मान

टिच फर नेपालले आफ्नो अभियानमा सहयोग गर्ने बैंक तथा व्यावसायिक प्रतिष्ठानलाई सम्मानित गरेको छ । टिच फर नेपालका बोर्ड सदस्य तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहद्वारा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थिति थियो ।
१ सयभन्दा बढी बैंक तथा व्यावसायिक प्रतिष्ठाका प्रमुख तथा अन्य अधिकारीहरू उपस्थित कार्यक्रमको उद्घाटन गर्दै शाहले टिच फर नेपालको कामले ग्रामीण भेगका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधारसँगै देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न पनि सहयोग पुगेको बताए ।
वि.सं २०७० बाट सुरु भएको यस अभियानले कम्तीमा स्नातक गरेका उत्कृष्ट युवाहरूलाई ग्रामीण भेगका सार्वजनिक विद्यालयमा २ वर्षका लागि पठाउने गरेको छ । विभिन्न समुदायमा पठाउनु अघिदेखि २ वर्षसम्म यस अभियानले नेतृत्व विकासको तालिम दिने गरेको छ । छैटौं वर्ष प्रवेश गर्दै गर्दा यस अभियानमा विभिन्न बैंक तथा व्यवसायिक प्रतिष्ठानले साथ दिएका छन् ।
शैक्षिक समानताका लागि नयाँ र जागरुक जामतको खाँचो औँल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने, “नेपालको सार्वजनिक शिक्षामा परिवर्तन जरुरि रहेको छ ।” “यो अभियानमा नेपालका बैंक तथा व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेको देख्दा आफूलाई खुसी लागेको छ,” मन्त्री पोखरेलले बताए ।
कार्यक्रममा एच एच बजाज, नेपाल इन्भेस्टमेन्ट बैंक, सुर्य नेपाल, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे« बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र पन्चकन्या ग्रुपलाई टिच फर नेपालको अभियानमा साथ दिएकोमा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा टिच फर नेपालका बोर्ड सदस्य रामेश्वर खनाल, जगदीश भट्टराई, राजन श्रेष्ठलगायत टिच फर नेपाल बोर्डका अध्यक्ष रेशु अर्यालको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्