वीरगन्जको सुपर ग्याँस उद्योगमा भीषण आगलागी

वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा रहेको सुपर ग्याँस उद्योगको प्लाण्टामा आगलागी भएको छ । बिहानै उद्योगको प्लाण्टमा भएको आगलागीबाट ठूलो क्षति भएको छ । क्षतिको यकिन भने हुन सकेको छैन । उद्योग नजिकै दुईजनाको शव भेटिएको छ । उनीहरुको पहिचान हुन बाँकी नै रहेको छ ।
उद्योग संचालकका अनुसार उद्योगमा ३ जना रहेको र आगलागीपछि उनीहरु सम्पर्कमा नरहेको बताईएको छ । आगलागी नियन्त्रण गर्न गएको वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रमा समेत आगोले जलेको छ । आगलागीबाट वारुणयन्त्र पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट फायर मेन सञ्जिव नेपाल सख्त घाईते भएका छन् । उनको पूरै शरिर जलेको छ । उनलाई गण्डक स्थित वीरगन्ज हेल्थ केयर अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।
वारुणयन्त्रणमा आएका पाँचजना मध्य दुईजना सम्पर्क विहिन भएको वीरगन्ज महानगरपालिकाका वारुणयन्त्रण शाखाका निमित्त इञ्चार्ज हवल्दार शेर बहादुर कार्कीले जानकारी दिए । आगलागी भएको खबर पाएपछि बिहान ७ः बजेर ५ मिनेटमा पाँचजना कर्मचारी सहित पठाईएको वारुणयन्त्रमा समेत आगलागी भएको छ । बारुणयन्त्रमा रहेका दुईजना कर्मचारी पनि सम्पर्क विहिन रहेको उनले बताए । वारुणयन्त्रण्मा रहेका हवल्दार मधुसुधन मिश्र र यादव प्रसाद अधिकारी सम्पर्क विहिन रहेको कार्कीले बताए । उनीहरुको मोबाईल समेत स्वीचअफ रहेको छ । आगलागी अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणका लागि कलैया, हेटौडाबाट समेत बारुणयन्त्रण मगाईएको भएपनि ग्याँस प्लाण्टमा लागेको आगो नियन्त्रणका लागि असम्भव भएपछि ग्याँसबाट हुने आगलागी नियन्त्रणका लागि रक्सौलबाट फर्मवाला वारुणयन्त्रण ल्याउन कुरा भईरहेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।
उद्योगमा रहेको साना सिलिण्डरमा आगो लागेर पड्किरहेको देखिन्छ । ग्याँस भण्डारण गर्ने ठूलो टंकीमा आगो सल्किन बाँकी नै रहेको छ । त्यसमा आगो सल्किएपछि थप खतार हुनेछ । वरिपरीका वस्तीहरुका वासिन्दा डरत्रासले वस्ती छाड्न थालेका छन् । नजिकै विश्वकर्म सिमेण्ट उद्योग र श्री सिमेण्ट उद्योग पनि रहेको छ । ठूलो टंकी विफोष्ट भएमा त्यसले ठूलो क्षति पु¥याउने सम्भावना रहेको छ । उद्योगमा भएको क्षतिको विवरण अहिले आउन बाँकी नै रहेको छ ।