पुल निर्माण ढिलाइले स्थानीयलाई सास्ती

हुम्ला-ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका ११ वटा झोलुंगे पुल निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता गरेको समयसम्म ठेकेदारहरूले सामान ढुवानी गर्न नसकेपछि जिल्लाका विभिन्न गाउँ जोडने ११ वटा झोलुंगे पुलका काम रोकिँदा सेवाग्राही काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
आव ०७२ सालमा टसी काग्रो ढुवानी सेवाका सोनाम लामाले ४ वटा झोलुंगे पुलको जिम्मा लिएको भए पनि हालसम्म सामान ढुवानी नगर्दा पुलको काम सम्पन्न हुन सकेको छैन । त्यसैगरी आव ०७३ मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतले ७ वटा झोलुंगे पुलको सामान ढुवानी गर्नका लागि जिम्मा लिएको भए पनि एक किलो सामान निर्माणस्थलमा पु¥याएका छैनन् । ठेकेदारले सामान समयमै ढुवानी नगर्दा जिल्लाका सबै झोलुंगे पुल निर्माण कार्य रोकिएका छन् ।
जिल्लाको चाफेटडी झोलुंगे पुल प्रमुख प्राथमिकता रहेकाले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर देवी ऐडीले बताए । पुल निर्माणको ९० प्रतिशत काम भइसकेको सामान ढुवानी नहुँदा सबै पुल निर्माण सम्पन्न हुन नसकेको इन्जिनियर ऐडीको भनाइ छ । आव ०७२÷७३ मा सम्पन्न हुनुपर्ने मुचु झोलुंगे पुल, बुराउँसे घट्टे खोला, ठाडोखोला ठेहे र सिक्प खोला राहदेवको झोलुंगे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिएका छन । आव ०७४÷७५ मा सम्पन्न हुनुपर्ने चारटँङग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमी खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतसँग सम्झौता रहेको प्रमुख इन्जिनियर ऐडीले बताए ।
जिल्लाका झोलुंगे पुलको सामान ढुवानी गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएकाले सामान ढुवानी हुन नसकेको निर्माण व्यवसायीको भनाइ छ । सामान ढुवानीका लागि तत्कालीन जिल्ला विकास समितिको कार्यालयबाट पेश्की रकम लिएको भए पनि झोलुंगे पुलको सामान ढुवानी नगरी निर्माण व्यवसायी चुप्प लागेको अवस्था छ । सबै सरोकारवाला निकायले पनि यसको बारेमा गुनासो नगर्दा पनि पुल बेलैमा सम्पन्न हुन सकेका छैनन् । सरकारले समयमा नै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउने जनाए पनि हुम्लाका निर्माण व्यवसायीलाई भने यो अभियानले कुनै असर पारेको छैन । निर्माण व्यवसायीले धेरै निर्माणको लागि काम जिम्मेवारी लिने र काम कहिल्यै पनि बेलैमा सम्पन्न नगर्ने परिपाटी हुम्लाको लागि अनौठो नरहेको सेवाग्राहीको भनाइ छ ।
जिल्लामा झोलुंगे पुल निर्माणका लागि ४ करोड ४० लाख विनियोजन गरिएको भए पनि डेढ करोड रकम फ्रिज गएको छ । समयमै निर्माणकार्य सम्पन्न नहँुदा झोलुंगे पुल निर्माणका लागि विनियोजित रकम फ्रिज भएको हो । साउन १० गतेसम्म म्याद थप गर्नुपर्ने मिति रहे पनि ठेकेदारहरूले म्याद थप गर्न समेत नआएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर देवी ऐडीले जानकारी गराए । उपभोक्ता समितिले गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको र ठेकेदारले ढुवानी गर्नुपर्ने काम रोकिएकाले पुल निर्माणकार्य ढिलाइ भएको ऐडीले बताए ।
पुल निर्माण नहुँदा स्थानीयलाई आवतजावत गर्ने समस्या भएको छ । श्रीनगरको चापेटडी झोलुंगे पुल निर्माण नहँुदा स्थानीय तुइनको माध्यमबाट नदी वारपार गर्ने बाध्य छन् । कुन बेलामा तुईनको यात्राले ज्यान लिने हो भन्ने जोखिममा नदी पार गर्नुपरेको स्थानीय अशोक विष्टको भनाइ छ । जिल्लाका ११ वटा खोलामा तोकिएको समय पुल निर्माणकार्य नहँुदा स्थानीयलाई असहज भएको छ ।