Logo

स्वास्थ्य बीमा बोर्डलाई पूर्णता दिन आग्रह

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादले बोर्डलाई सक्दो चाँडो पूर्णता दिन सरकारसँग आग्रह गरेका छन् । हालै नियुक्त भएका अध्यक्ष डा. प्रसादले गरेको आग्रह अनुसार मन्त्रालयबाट आवश्यक कारबाही अघि बढाइएको बताए ।
उनले भने, “आफूले पदभार सम्हालेपछि उपप्रधानमन्त्री समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई यसबारे आग्रह गर्दा उहाँले त्यसको लागि आवश्यक कारबाही बढाउन निर्देशन दिनुभयो । त्यस अनुसार मन्त्रालयले अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र लोकसेवा आयोगलाई पत्रचार गरिएको छ ।”
आइतबारको मन्त्रिपरिषद् निर्णयबाट डा. प्रसादलाई नियुक्त गरिएको थियो । नियुक्त पत्र मंगलबार बुझेका डा. प्रसादले बिहीबार पद बहाली गरेका थिए ।
९ सदस्य बोर्डमा बाँकी ८ सदस्यको नियुक्त बाँकी रहेको उनले जनाए । बोर्डको नियमित काम बाहेक महत्वपूर्ण निर्णय गर्न कम्तीमा गणपूरक संख्या पुग्ने गरी बोर्ड सदस्यको नियुक्ति अनिवार्य भएको जनाउँदै हाल अन्तरिम व्यवस्था अनुरूप मन्त्रालयले बोर्ड अफ डाइरेक्टर नियुक्त गरेको छ । यो वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७७ जिल्लामा कार्यान्वयन गरिने गरी बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्