अमरगढी नगरपालीका स्मार्ट सिटि वन्ने

नेपाल सरकारको घोषणा अनुरुपनै डडेल्धुरा अमरगढी नगरपालीका स्मार्ट सिटि वन्ने भएको छ । अमरगढी नगरपालीकालाई स्मार्ट सिटि वनाउनका लागि पहिलो चरणमा सरोरकारवाला निकाय संग छलफल गरिएको छ ।
नेपाल सरकारले घोषणा गरेको दोस्रोचरण अन्र्तगतका १० नगरपालीका मध्येको एक अमरगढी नगरपालीका पनि स्मार्ट सिटि वन्न थालेको हो । स्मार्ट सिटि निर्माणका लागि आवश्यक पर्ने स्मार्ट जनता, स्मार्ट पुर्वाधार,स्माट शासन, स्मार्ट अर्थ व्यवस्था आधार स्तम्भ पुरा गर्नका लागि खेल्नु पर्ने भुमिकाका साथै स्मार्ट सिटि निर्माणका लागि आवश्यक सल्लाह सुझाव संकलनका छलफल गरिएको अमरगढी नगरपालीका डडेल्धुराले जनाएको छ ।
सोही कार्यक्रमलाई सम्वोधन गर्दै अमरगढी नगरपालीका डडेल्धुराका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले शुरुवात भएको र स्मार्ट सिटि निर्माणका लागि सम्पुर्ण सरोकारवाला निकायले सहयोग गर्नु पर्ने धारणा राख्नु भएको थियो । निर्वाचनका समेत मतदाता संग गरेका वाँचा पुरा गर्नका लागि आफु अमरगढी नगरपालीकालाई स्मार्ट सिटि वनाउनमा अग्रसर भएको वताउनु भएको थियो ।
स्मार्ट सिटि निर्माणका लागि ५,१० र २० वर्षीय गुरुयोजना वनाएर काम अगाढी वढाईने जनाइएको छ । शहरी विकास मन्त्रालयवाट आएको विज्ञ समुहले स्मार्ट सिटिका आधार, स्मार्ट सिटिको परिभाषाका वारेमा जानकारी गराउनु भएको थियो ।