वर्षाका कारण लाखौको रकमको तरकारी खेतवारीमै कुहियो

डडेल्धुरा-केही दिनयता लागातार वर्षाका कारण डडेल्धुरा अमरगढी नगरपालीकाका विभिन्न गाँउमा लगाइएको लाखौ रुपयाँ वारावरको तरकारीवाली खेतवारीमै कुहिन थालेको छ । वर्षाका कारण विक्रि गर्न नपाएर अमरगढी नगरपालीकाको मालम गाउँमा विक्रिका लागि तयार भएको तरकारी कुहिन थालेको हो ।
दिनहु जसो वर्षा हुँदा विक्रि गर्ने अवस्थामा रहेको वढी जसो काउली ,टमाटर आलु वारिमै कुहिएको किसानको भनाई रहेको छ । मालम गाउँमा मात्रै करिव डेढ सय रोपनीमा काउली खेती लगाइएको अमरगढी कृषि शाखाले वताएको छ । निरन्तरताको वर्षाका कारण विक्रि गर्ने समयको काउली कुहिए पछि किसान सिद्धराज भट्टले चिन्तीत हुदै कारोवार दैनिकलाई दुखेसो पोखेका हुन ।
किसानहरु काउली गाईगोरुलाई खुवाउनुका साथै खेतवारीमा छोड्न थालेका छन् । वर्षाका कारण काउली कुहिन थालेपछि अन्य अन्नवाली लगाउन छोडेर तरकारी खेतीगर्न थालेका यहाका किसान निरास वनेका छन् ।
वर्षाले भिजेको काउली लाई पुर्ण रुपमा सुकाएर मात्रै व्यापारीले किन्ने भएकाले वर्षा निरन्तर भईरहेकाले खेतवारी वाट काउली विक्रि गर्न नसकेको समेत किसानको भनाई रहेको छ । साथै काउलीको उत्पादन अत्याधिक भएकाले वजार मुल्य पनि पाउन नसकेको किसाने वताएका छन् । वर्षत अघि काउलिको मुल्य ४० रुपया प्रति किलो रहेको काउलिको मुल्य भने अहिले किसानहरुले काउली प्रति किलो १० रुपैंयाँमा विक्रि गर्ने गरेका छन् ।लगातार वर्षातका कारण गोलभेडा, आलु लगायतका तरकारिको मुल्य घटेपछि किसान चिन्तित भएका हुन ।