सहिद भीमदत्त पन्तको ६६ औँ स्मृती मनाईयो

डडेल्धुरा-सात दशक पहिले शहिद भिमदत्त पन्तले देखाएको मार्ग दर्शनमा आम नेपालीले हिड्न आवश्यक रहेको शहिद भिमदत्त पन्त प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकराज पन्तले बताए । बिहिबार किसान नेता सहिद भीमदत्त पन्तको ६६औँ स्मृती दिवसका अवसरमा सदरमुकाम डडेल्धुरामा गरिएको अन्तरक्रियामा अध्यक्ष लगायतका वक्ताहरुले समाजमा स्वतन्त्राता, विकास, शुसासन कायम गर्न उनको सिद्धान्त लाई अवलम्बन गर्नु पर्ने औल्याए । नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका कोखबाट १९८३ मंसिर १० गते जन्मेका हुन । उत्तरप्रदेश भारतको सिन्हाई बाट संस्कृत विषयमा हाइस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो ।पन्त सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने महान व्यक्ति पनि थिए । पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए । भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोेही नाम हो । उनले ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो – यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए ।
जनताको हक कायम गर्न किसान आन्दोलन, बेलौरी नुन काण्ड, भारतको बरमदेउ नुन तेल रासन व्यापारीले कालो बजारी उपभोक्ता लाई बिक्रि गर्न छाडे पछिको आन्दोलन गरी सर्वसाधारण खाद्यान्न लाई वितरण, अमरगढी नगरपालिका २ बिरखम्बमा बिद्यालय स्थापना लगायत शिक्षाका क्षेत्रमा पनि अहम भुमिका खेलेको शहिद पन्तले विभिन्न काम गरेकाले उनको दुरगामी विचार लाई अनुसरण गर्दै जानु पर्ने अध्यक्ष तथा शहिद परिवारका लोकराज पन्तले बताए ।
शहिद भिमदत्त पन्तको स्मृतीमा सात नं. प्रदेका दुई तराई र सात पहाडी जिल्ला जोड्ने कैलालीको अत्तरिया देखि डडेल्धुरा सदरमुकाम सम्मको सडकको नाम भिमदत्त राजमार्ग राखिएको छ । सदरमुकाम बागबजार र स्याउले बजारमा शहिद पन्तको शालिक स्थापना गरिएको भने कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि नगरपालिकाको नाम भिमदत्त नगरपालिका नामाकरण गरिएको छ । सदरमुकाम डडेल्धुरामा भिमदत्त बहुमुखी क्याम्पस पनि सञ्चालन गरिएको छ । पन्तको जीवनीमा आधारित नेपाली चलचित्र भिमदत्त पनि बनाईएको बताउदै प्रतिष्ठानका अध्यक्ष पन्तले अमरगढी नगरपालिकाको समन्वयमा पन्तको जन्म थलो कारिगाउ लाई आदर्श वस्ति नामाकरण गरी संघ्रालय स्थापनाको तयारीमा जुटेको बताए ।
प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष तथा अजयमेरु गाउपालिका अध्यक्ष उमेशप्रशाद भट्टले शहिद पन्तको तष्विर प्रदेश सातका सबै कार्यालयमा राख्ने तयारीमा प्रतिष्ठान जुटेको बताए । अन्तरक्रिया कार्यक्रममा अमरगढी नगर प्रमुख विशेस्वरप्रशाद ओझाले अमरगढी २ लाई आदशै वडा घोषणा गरी होम स्टे संचालनका लागी १२ कोठाको घर भाडामा लिने प्रक्रिया थालिएको बताउदै संघ्रालय स्थापनामा अमरगढी जुटेको बताए ।प्रतिष्ठानले लामो समय देखि सहिद पन्तको स्मृती दिवस मनाउँदै आएको भए पनि वि.स.२०७२ फागुन १९ गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो ।
शहिद पन्तको स्मृती दिवस बिहिबार डडेल्धुरा सदरमुकाममा विभिन्न कार्याक्रमको आयोजना गरी मनाईएको छ । किशान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटि हत्या गरिएको थियो । सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले स्मृती दिवस मनाउदै आएको छ । स्मृती दिवसको अवसरमा बिहिबार बिहान बागबजारमा रहेको पन्तको शालिकमा माल्यार्पण गरिएयो भने उपक्षेत्रीय अस्पतालका बिरामीहरु लाई फलफुल वितरण गरिएको स्मृती प्रतिष्ठानले जनाएयो ।बेलुकी शहिद पन्तको शालिकमा दीप प्रज्वलन गर्ने कार्यक्रमको रहेको सहिद भीदत्त स्मृती प्रतिष्ठानका अध्यक्ष तथा शहिद पन्त परिवार पन्तले बताए । केही वर्ष यता देखि प्रतिष्ठानले नियमित रुपमा शहिद पन्तको स्मृतीमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।