डडेल्धुराका गाउपालिकामा धमाधम वार्षिक समिक्ष हुदै सवै तहमा ९९. प्रतिशत भौतिक प्रगति

डडेल्धुरा-डडेल्धुराका गाउँपालिकाहरुमा धमाधम वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भइराखेका छन । नवदुर्गा गाउँपालिकाले ९९.५ प्रतिशत भौतिक प्रगति र ९३.१४ प्रतिशत वित्तिय प्रगति भएका सार्वजनिक गरेको छ । यससैगरि अघिल्लो वर्ष भन्दा १२३० प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा गत आर्थिक वर्ष २०७४ र ०७५ मा भएका सम्पूर्ण कार्यहरुको समिक्षा गरिएको हो । गाउँपालिकाको चालू तर्फ २ करोड ८१ लाख ४० हजार मध्ये २ करोड ६० लाख ३३ हजार ७७१ खर्च भएको छ । यस्तै पूँजीगत तर्फ १३ करोड ६९ लाख १५ हजार ६६२ मध्ये १२ करोड ७७ लाख २ हजार ९९८ खर्च भएको सार्वजनिक गरिएको छ । यसैगरि सशर्त अनुदानतर्फ ८ करोड ५६ लाख १५ हजार मध्ये ८ करोड १९ लाख २२ हजार २८७ खर्च भएको छ । सामाजिक सुरक्षा तर्फ ३ करोड ९२ लाख ७६ हजार मध्ये ३ करोड ९१ लाख १० हजार ८०० खर्च भएको छ । ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको चालुतर्फ २८ लाख ५३ हजार मध्ये २५ लाख १४ हजार १५५ खर्च भएको छ भने पुँजीगत तर्फ ८५ लाख १२ हजार ५५४ मध्ये ८५ लाख १२ हजार ५५४ नै खर्च भएको छ ।
यसैगरि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको चालु तर्फ ५ लाख २० हजार र पुजीगत तर्फ ६ लाख रकम खर्च भएको सार्वजनिक गरिएको छ । गाउँपालिकामा संञ्चालन गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमको १७ लाख ९६ हजार र गरिब संग विश्वेश्वर कार्यक्रममा ८ लाख ८८ हजार खर्च भएको जनाएको छ । यसैगरि शिक्षा शाखा तर्फको शसर्त ६ करोड, ९३ लाख २७ हजार मध्ये ६ करोड ७४ लाख ८२ हजार १४४ खर्च भएको छ । स्वास्थ्य सेवा शाखा तर्फ १ करोड, ३३ लाख ५३ हजार मध्ये १ करोड १३ लाख ४४ हजार ४२६ खर्च भएको र स्वास्थ्य शाखा गाउँपालिका अनुदान तर्फ ५० लाख मध्ये ४७ लाख ३५ लाख ५८७ खर्च भएको जनाएको छ । यसैगरि आर्युवेद शाखातर्फ शसर्त २० लाख ४७ हजार मध्ये १२ लाख ८१ हजार ४१३ खर्च भएको छ । कृषि शाखा अनुदान ५१ लाख ५० हजार मध्ये ४० लाख ८५ हजार ४७७ खर्च भएको र पशुसेवा शाखा तर्फ ५६ हजार ४० हजार मध्ये ५५ लाख ५० हजार १५८ खर्च भएको छ । झोलुङ्गे पुल हेराला तर्फ ३६ हजार खर्च भएको सार्वजनिक गरिएको छ । यसैगरि आन्तरीक आम्दानी १३ लाख २२ हजार २३३ प्रक्षेपण गरिएकोमा २५ लाख २६ हजार ३७४ रुपैया आन्तरीक आम्दानी भएको उल्लेख गरेको छ । स्थानिय तहमा सुशासन कायम गर्नका लागि विभिन्न एप्सहरु निर्माण प्रक्रिया अगाढी बढाउनुका साथै वेभसाईड निर्माण गरि हरेक सुचनाहरु सार्वजनिकिकरण गरिरहेको समेत अध्यक्ष कविन्द्र बिष्टले जानकारी दिनु भएको छ ।
स्थानीय संचार माध्यमका साथै सूचनाको प्रवाहका लागि हरेक प्रविधि प्रयोग गरेको बताउदै निकट भविष्यमा सुचना प्रविधी केन्द्रको सुभारम्भ गर्ने योजना रहेको समेत अध्यक्ष बिष्टले बताएका छन् । आर्थिक बर्ष २०७४र०७५ मा २७ ओटा कानुन निर्माण गरेको बताउदै संघिय सरकार र प्रदेश सरकार संगका कानुनी जटिलताले गर्दा केही कानुनहरुको निर्माण हुन नसकेको उनले बताएका छन् ।
शिक्षाका क्षेत्रमा ‘एक वडा एक नमुना विद्यालय’, स्वास्थ्यका क्षेत्रमा ज्येष्ठ नागरिक संग एक वडा एक स्वास्थ्यकर्मी, बालबालिकाको लागि पोषण चौतारी कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको, एम्बुलेन्स संञ्चालनमा ल्याएको, गाउँपालिकाका हरेक विकासका योजनाहरु जेठ मसान्तमै सम्पन्न गरी सकेको कार्यालयको संस्थागत विकासका लागि निशुल्क जग्गा लिएर भौतिक पुर्वाधारका कार्यहरु अगाडी बढाईएको समेत बिष्टले जानकारी दिएका छन् । स्थानीय तहमा जनप्रतिनिधिहरुको सकारात्मक भूमिका र कर्मचारीहरुको समन्वयलाई साकारात्मक रुपमा लिएको र भौगोलिक विकटता र बजेटको अभावका साथै कानुन र अधिकार प्रतिको अस्पष्टता लाई मुख्य चुनौतीका रुपमा लिइएको छ । यसैगरि सामान्यीकरण बजेट घटेर आउनु, प्रदेश सरकारको अनुदान न्युन हुनु पनि चुनौतीका रुपमा हेरिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिएका छन् । त्यस्तै
गन्यापधुरा गाउपालिका लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन गर्न सफल डडेल्धुरा गन्यापधुरा गाउपालिकाले आर्थिक बर्ष २०७४र०७५ मा २२ लाख बढी राजस्व संकलन गरेको छ । संघियता पछि जनप्रतिनिधी पाएको पहिलो बर्ष लक्ष्यको ९२ प्रतिशत राजश्व संकलन गर्न सफल भएको लेखापाल महेश कुमार जोशीले बताए । गाउपालिकाले गत आर्थिक बर्षमा २४ लाख २६ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेएको थियो । लेखापाल जोशीले भने, पहिलो बर्ष भएकाले लक्ष्यको ९२ प्रतिशत अर्थात २२ लाख ३२ हजार ७५ रुपैया राजस्व संकलन गर्न हामि सफल भयौ, यस बर्ष करका दायराहरु फराकिलो बनाईएकाले गत बर्षको लक्ष्य भन्दा बढी नै राजश्व संकलन हुने पक्का छ । गन्यापधुरा गाउपालिले करिब ३३ लाख रकम खर्च गर्न सकेन । आर्थिक बर्ष २०७४ र ०७५ को कुल बजेट मध्ये ३२ लाख ८९ हजार आठ सय ३५ रकम खर्च हुन नसकेको हो । गत आर्थिक बर्षको कुल बजेट १३ करोड ७७ लाख १३ हजार तिन सय ५८ रकमको १३ करोड १५ लाख १६ हजार नौ सय ९० मात्रै खर्च भएको गाउपालिकाले जनायो । बिहिबार सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा कार्यक्रममा गन्यापधुरा गाउपालिाकाले उक्त रकख खर्च नभएको जानकारी दियो । ससर्त तर्फको रकम खर्च हुन नसकेको हो ।
गत आर्थिक बर्षमा गाउपालिकाले सडक लाई मुखय प्राथमिकतामा राख्दै ७५ किलोमिटर सडक निर्माण गरेको छ । सडकमा २ करोड ६६ लाख बराबर रकम खर्च गरेको हो । गाउँपालिका अध्यक्ष आवास भवन, गाउँपालिका उपाध्यक्ष तथा वडा अध्यक्ष आवास भवन, गाउँपालिका सभाहल र ५ नं. वडा कार्यालय भवन निर्माणमा १ करोड ५३ लाख बराबर खर्च गरेको हो । जस अन्तर्गत उपाध्यक्ष तथा वडा अध्यक्ष आवास भवन र गाउँपालिका सभाहल निर्माणको रकम क्रमागतमा राखिएको छ । गाउपालिका भरि संचालन गरिएका २१ वटा खानेपानि योजनाहरुमा ९३ लाख २५ हजार रकम खर्च गरेको समिक्षा कार्यक्रममा प्रश्तुत गरिएको छ । गाउ पालिकाको मिश्रित विकास निर्माण अन्र्तगत ५० लाख खर्च भएको प्राबिधिक केशव शाहुले प्रश्तुत गरेको कार्यपत्रमा उल्लेख छ । निर्वा्चित भएको पहिलो बर्षमा खासै राम्रा काम गर्न नसकेको भए पनि जनतालाई दुःखीत नबनाएको गाउपालिका अध्यक्ष नबल मल्ले बताए ।
अजयमेरु गाउपालिकाले आर्थिक वर्ष २०७४र०७५मा अजयमेरु गाउपालिकाले ९९प्रतिशत प्रगति एवंम लक्ष्य भन्दा २१५ प्रतिशत र गत आवा भन्दा ११०० प्रतिशत रजस्व संकलन भएको अजयमेरु गाउपालिकाका अध्यक्ष विकाश भटट्ले कारोवारलाई जाकारि दिनु भयो । भौतिक पुर्वाधार निर्माणका सवालमा कुनै प्रश्न गुनासा आएन्न सल्लाह सुझाव मिलेकाले आगामी दिनमा गाउपालिका लाई समृद्ध बनाउ तर्फ मार्गदर्शन मिलेको छ ।