कालिकोटका १०८ बस्ती बाढीपहिरोको उच्च जोखिममा «

कालिकोटका १०८ बस्ती बाढीपहिरोको उच्च जोखिममा

कालिकोट-कालिकोटका १०८ बस्ती विपद्को उच्च जोखिममा रहेको पाइएको छ । कर्णाली विकास आयोगले निकालेको प्रतिवेदनअनुसार कालिकोटका १०८ वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको हो ।

बाढीपहिरोको उच्च जोखिममा रहेका गाउँ
जिल्लाका ३ वटा नगरपालिकाका र ६ वटा गाउँपालिका रहेको कालिकोटमा १०८ वटा बस्ती पहिरोको उच्च जोखिममा छन् ।
कर्णाली विकास आयोगले तयार पारेको प्रतिवेदनअनुसार कालिका गाउँपालिकाको तल्लो दलित टोल, छात्ती, साउबाडा, पर्जै, चौलागाईंबाडा, माथिल्लो हाउडी, कालेबाडा, समलागाउँ छन् । त्यसैगरी पचालझरना गाउँपालिकाको दलित टोल, खार्दु, जारकोट, कुड, तालीभिर, मय, विषखेत, पातला गाउँपालिकाका राडुु, डोरी, तल्लो नेटा, सल्लीकोट, कुम, दुर्सी, बोक्चु, जिन्दर, तिब्गाड, मोहर, लखनबाडा, चुलाकोट, पारीखेत गाउँ पहिरोको उच्च जोखिमा रहेको उल्लेख छ ।
त्यस्तै, महावै गाउँपालिकाका कदमपुर, पदमघाट, सिमखेत, नकु, धामीबाडा, औलगेला, सइगेला, गणेशकोट, पान्तडी, कोटबाडा, सान्नीत्रिवेणी गाउँपालिकाका लुसा, सेरीज्युला, रकु, लुइयाँटा, कयारी, उजेलगाउँ, तिकुवा, बालुपाटा, तिलखुरेनी, पोरीवन, धामीगाउँ छन् । त्यस्तै नरहरिनाथ गाउँपालिकाका धारी, बडेमला, चाखुडे, डाँडाखर्क, घट्टेखोला, घोडेसिल्ला, खातीरूपसा, भेडेखोला, खलाबाडा, तामाखोला, मास्कोट, थाइमाडु, खार, उच्छव गैराटोल, दुदुल्ली पाकर टोल, खाडीकोट, बड्डाखला लालु, वसन्तपुर, साँझपानी, सितला, घट्टखोला बाढी र पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।
कालिकोटमा रहेको तीनवटा नगरपालिकामध्ये तिलागुुफा गाउँपालिकाका डाँडाभिग्म, नाग्मा, चुलिकोट, फोइमडीपानी, फोइधराली, राँचुली, खल्ला, धनाडा, छाप्रे, ओखरभित्ता, लुब्र, रानावाडा, माजुवाडा छन् । खाँडाचक्र नगरपालिकाका पोरीपाली, सेरीघाट, दोहा, ओखलढुंगा, दाहा, बदालकोट र रास्कोट नगरपालिकाका न्यौपानेवाडा, चुडीमुल, पुछुडेवाडा, बुढीसैन, कुमलवाडा, स्युना, काप्रा, औल, सान्नीघाट, पुच्छेगाउँ, गैरागाउँ, बल्लेकाँध, बाखरकोट, पाटेडिल, बास्तोला, पालाँतीबाडा, बाइतीसिम पनि पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।
कालिकोटका कर्णाली र तिला नदी किनारका बस्तीहरू उच्च जोखिममा रहेकाले सुरक्षित बासस्थान र नदी किनार नबस्न सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोट प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले बताए । “बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न पहल थालिएको छ,” उनले भने, “जोखिमयुक्त ठाउँमा नबस्न आग्रह गरेका छौं ।”

६० जनाले ज्यान गुमाए
कालिकोट जिल्लामा सन् १९७७ देखि सन् २०१८ सम्म बाढी तथा पहिरोमा परी ६० जनाले ज्यान गुमाएको र ८६ जना घाइते भएका छन् । जिल्ला विपद् ब्यवस्थापन कालिकोटका अनुसार जिल्लामा भिरालो जमिन दुईवटा ठूलाठूला नदी भएका कारणले कालिकोट बाढीपहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्