नेपालमा बलात्कार गर्ने अभियुक्त यूएईमा पक्राउ «

नेपालमा बलात्कार गर्ने अभियुक्त यूएईमा पक्राउ

बर्दिवासकी एक महिलालाई बलात्कार गरी फरार भएका सिन्धुली मनिणठाकुर गाउँपालिका वडा नम्बर ४ का सिंहलाल थिङलाई यूएई प्रहरीले पक्राउ गरेको छ । यूएईबाट गिफ्ट ल्याइदिएको बहानामा बर्दिवास बजारमा बोलाएर झन्डै नौ महिनाअघि बलात्कार गरेको अभियोग लागेका सिंहलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल ) र नेपाली राजदूतावास अबुधाबिको सहयोगमा पक्राउ गरिएको हो ।
उनीविरुद्ध सात महिनाअगाडि इन्टरपोलले पक्राउ नोटिस जारी गरेको थियो । यूएई बस्ने जानकारी पाएपछि यूएई प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । अभियुक्तलाई आइतबार नेपाल लगिएको नेपाली राजदूतावास अबुधाबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्