Logo

सुरुङबाट खसेर मृत्यु

सोलुखुम्बुमा निर्माणाधिन अपर सोलु हाईड्रो पावर कम्पनीको सुरुङबाट खसेर १ जना कामदारको मृत्यु भएको छ । सुरुङभित्र काम गर्ने क्रममा, करिब २ सय फिट तल खस्दा, बर्दियाको मधुबन नगरपालिका वडा नम्बर ३ का, २२ वर्षिया राहुल सोनाहाको ज्यान गएको हो । आइतबार बिहान ११ः३० बजे ठाडो सुरुङमा काम गर्ने क्रममा चिप्लिएर तल खस्दा, टाउकोमा गहिरो चोट लागी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनाको जानकारी पाउनेवित्तिकै, घटनास्थलमा पुगेको प्रहरीको टोलीले उद्धार गरी अस्पताल पुर्याएको भएपनि, घटनास्थलमै उनको मृत्यु भइसकेको प्रहरी निरिक्षक हिरणकुमार यादबले बताएका छन् । करिब ८५ प्रतिशत काम सम्पन्न भैसक्दा अहिलेसम्म यस्तो घटना नभएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत प्रकाश दाहालको भनाई छ । पहिलो पटक भएको यस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै, यसले अन्य कामदारमा मनोबैज्ञानिक असर परेको भन्दै उक्त समयमा सँगै काम गरिरहेका अन्य दुईजना कामदारलाई पनि अस्पताल लगेर सामान्य उपचार गरिएको दाहालले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्