दलित समुदायलाई राहत वितरण

हुम्ला-हामी आफ्नो समस्याका लागि विभिन्न काम गर्ने गर्छौं, आफन्त नहुने, जग्गा जमिन नहुने, समाजबाट तिरस्कारमा रहेका वर्गका लागि कोरोना जीवन मरणको अवस्था हुम्लामा रहेको छ । आयआर्जनका लागि अर्काको घरमा कामदारका रूपमा काम गरी बिहान–बेलुका छाक टार्ने हुम्लाका दलित समुदायका लागि भने पेटभरि खान नपाएको महिनौं भइसकेको छ ।
विकास निर्माणको काममा मजदुरी गर्नु, भारतलगायत अन्य सहरमा काम गरी परिवारको जीवन धान्नका लागि आशा भरोसामा बसोबास गर्ने दलित समुदायका लागि बिहान के खाउँ र बेलुका के खाउँ भन्ने अवस्था छ ।
रोगव्यात्री नभएको बेला मालिकको घरमा काम गरेर आधीपेट भर्ने हुम्लाका दलित समुदायको कोरोना काल सरह भएको छ । यही समस्यालाई मध्यनजर गर्दै खार्पुनाथ गाउँपालिका–५ का युवा लोकेन्द्र शाहीले राहत सामग्री वितरण गरेका छन् ।
आफू ३ वर्षको हुँदा आमा गुमाएको राम्रोसँग खान लाउन नपाएको त्यो समय र परिस्थितिलाई सम्झदा हाल आफू पनि गम्भीर बन्ने गरेको शाहीले बताए । विगतमा दलितको घरको चुलोमा आगो बाल्न र जीवन गुजाराको समस्या आफूले बाल्यकालमा भोगेको समस्यालाई हाल आफूले ती दिनको परिकल्पना गर्नसमेत नसकेर गाउँका बस्तीका दलितलाई राहत स्वरूप चामल, नुन र तेल वितरण गर्नमा आफू लागेको बताए छन् ।
द्वन्द्वकालमा आफू हुम्लालगायत देशका विभिन्न दलित बस्तीका बासिन्दाले आफू नखाई रोटी दिएको र जनयुद्धमा सहयोग गरेको दिनलाई लोकेन्द्र शाहीले अहिले सम्झेका छन् । सामान्य घरपरिवारमा जन्मेका शाहीले बुबाको अनुहार समेत देख्न पाएका थिएनन् । जनमुक्ति सेनाको अयोग्यताको बिल्ला भिरेपछि जीवन गुजाराका लागि भारतमा सुरक्षा गार्डको काम गरेको दुःख देख्दा गाउँमा रहेको दलित समुदायमा चुलो नबल्दाको पीडा शाहीले कहिल्यै बिर्सेनन् ।
नजिकिँदै गरेको हुम्ली स्थानीय पर्व अनन्ते पूर्णिमामा दलित समुदायको चुलो ननिभोस् भनेर कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडी चालकको रूपमा काम गर्दै आएका लोकेन्द्र शाहीले हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ मा रहेका ५२ घरधुरीका दलित समुदायका लागि ५० बोरा चामल, नुन र तेल राहत स्वरूप वितरण गर्दा सबै दलित घरपरिवारको मुहार परिवर्तन भएको छ ।
बिहान खाँदा बेलुकाको छाकको समस्याले पिरोल्ने हुम्लाका अधिकांश दलित समुदायमा छ । आफ्नो जन्मआफ्नो लागि मात्र नभएर समुदायको उत्तरदायित्व बहन गर्नका लागि समेत भएको राहत वितरण गर्ने क्रममा समाजसेवी लोकेन्द्र शाहीले बताए । समाजमा हुने समस्या आफ्नो पनिभएको कारण आफूले खाएर जोगाएको सानो रकमले समाजमा दुःख पीडामा रहेका समुदायका लागि अझै पनि लागि पर्ने शाहीले बताए । सामान्य घर परिवारमा जन्मेका लोकेन्द्र शाहीले ३ वर्षको उमेरमा आमा गुमाएको पीडा, बुबा नदेख्दा समाजमा जीवन गुजाराका लागि गरेको संघर्ष बताउन सकिने अवस्था छैन । आफू जस्तै दुःख अति न्यून आय भएका दलित समुदायलाई नपरोस् भन्नका लागि आफू नेकपा समर्थित भएको भए तापनि मानवीय सहयोगका लागि सबै आस्थावान दलित समुदाय आफ्नो नजरमा एउटै भएको कारण यो सहयोग गरेको शाहीले बताए ।
तत्कालीन राष्ट्र संघीय मिसनले अयोग्य लडाकुको घोषणा गरी सकेपछि जीवन गुजारका लागि भारतमा सुरक्षा गार्डका रूपमा २ लाख कमाएको दिन उनको जीवनको लागि एक कोषे ढुंगा भएको भनाइ रहेको छ । आफू सुख दुःखमा हुँदा सदा ग्रामीण बस्तीका गरिब, दलित परिवारले के खाए भन्ने पिरलो हुने शाहीले कोरोनाको कारण आयआर्जन गर्न नपाएका दलित घरपरिवारलाई यो राहत उपलब्ध गराएका हुन् ।
खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ मा आयोजना गरिएको कार्यक्रममा नेकपाका हुम्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विजय भण्डारीको प्रमुख आतिथ्यतामा राहत वितरण गरेका छन् । सहयोग सानो भए पनि यसलाई आफ्नो गाउँको बासिन्दाले देखाएको आत्मियता र कोसेली सम्झेर सहयोग ग्रहण गर्नका लागि र नयाँयुवा पिँढीका लागि यो प्रेरणासमेत भएको इन्चार्ज भण्डारीले बताए । कोरोनाको कारण कुनै पनि आय आर्जनको आम्दानी गर्न नसक्दा भोकमरीले गर्दा जीवन गुजाराको लागि समस्या भएको खार्पुनाथ–५ का बेलसरा कामीले बताए ।