राष्ट्रिय वाणिज्य बैंकको ४ शाखा

राष्ट्रिय वाणिज्य बैंकको ४ वटा शाखा कार्याय थप भई कारोबार सुरु भएको छ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ, रौतहट जिल्लाको मौलापुर नगरपालिका–५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका–२ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ जिल्लाको कटहरी गाउँपालिका–३ स्थित शाखा कार्यालय कटहरीको कारोबार सुरु भएको बैंकले जनाएको छ । यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरूको संख्या १९९ पुगेको छ भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैंकको हाल ७२ जिल्लामा १ सय ९९ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ छ । चालू आवको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।