निजी क्षेत्रले विद्युत् उत्पादनमा सरकारलाई उछिन्यो

नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ । सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पु¥याइ उछिनेको हो । १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४ मेगावाट रहेको थियो । तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत् प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ । नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ । सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पु¥याइ उछिनेको हो । १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४ मेगावाट रहेको थियो । तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत् प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रबाट ६७ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । विद्युत् ऐन २०४९ ले नेपालमा पहिलोपटक निजी क्षेत्रले समेत विद्युत् उत्पादन गर्न सक्नेगरी खुला गरेपछि २०५१ सालमा हिमाल पावर लिमीटेडले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको लाइसेन्स पाएकोमा २०५७ सालदेखि उत्पादन सुरु गरेको थियो । त्यसपछि मात्र निजी क्षेत्रले यति धेरै क्षमतामा विद्युत् उत्पादन गर्न सकेको हो । वि. सं. १९६९ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको थियो भने २०१७ पछि विद्युत् कर्पोरेसन, विकास समिति र २०४१ पछि विद्युत् प्राधिकरणमार्फत सरकारले विद्युत् उत्पादनका आयोजनाहरू अघि बढाउँदै आएको छ । प्रजातन्त्र पुनस्र्थापनापछि लिइएको उदार अर्थतन्त्रअनुसार निजी क्षेत्रलाई विद्युत् उत्पादनमा खुला गरिएको हो । विद्युत् उत्पादनमा अग्रसर बनेको निजी क्षेत्रले हाल ३ हजार मेगावाट बराबरको आयोजना निर्माण गरिरहेको छ भने ५ हजार मेगावाट बराबर आयोजना अघि बढाउनका लागि विद्युत् खरिद सम्झौता (पीपीए) का लागि विद्युत् प्राधिकरणमा आवेदन दिएको छ । “दुई दशकमै सरकारको भन्दा केन्द्रीय ग्रीडमा निजी क्षेत्र उत्पादन क्षमता बढी छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष शैलेन्द्र गुरागार्इंले भने, “विभिन्न समस्याका बाबजुद पनि यसलाई निजी क्षेत्रको सफलता मान्नुपर्छ, निर्माणाधीन आयोजनाहरू हेर्दा पनि ३ हजार ५ सय मेगावाटको छ भने ५ हजार मेगावाट पीपीएको प्रतिक्षामा छन् ।”विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार केन्द्रीय ग्रीडमा जोडिएको हाल विद्युत् प्राधिकरणको उत्पादन ४ सय ७३ मेगावाट छ भने पछिल्लो समयमा निजी क्षेत्रको उत्पादन ४ सय ७७ मेगावाट पुगेको छ । केन्द्रीय ग्रीडमा नजोडिएका प्राधिकरणअन्तर्गत २३ एक मेगावाटभन्दा कम क्षमताका आयोजनाहरू पनि छन् । तर, त्यसको क्षमता साढे चार मेगावाट मात्र छ । “निजी क्षेत्रबाट मात्र प्राधिकरणको हिउँदमा १ सय ५० मेगावाट र असारसम्ममा २ सय ५० मेगावाट उत्पादन आउने लक्ष्य राखिएको छ, निजी क्षेत्रको उत्पादन बढ्दो छ,” उनले भने, “मध्यमस्र्याङ्दीपछि विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन कुनै आयोजनाहरू पूरा भएका छैनन्, चमेलियाको भने छिट्टै उत्पादन सुरु हुन्छ ।”ओखलढुंगामा निर्माण भएको ७ मेगावाटको मोलुङखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरिसकेको छ भने ८ मेगावाटको अपी, २५ मेगावाटको काबेली लगायतका जलविद्युत् आयोजनाहरू छिट्टै उत्पादन हुने इप्पानका अध्यक्ष गुरागार्इं बताउँछन् ।