Logo

प्रदेश ४ को राजधानी पोखरा राख्ने सहमति

प्रदेश नम्बर ४ को राजधानी पोखरा राख्न सदनमा सहमति जुटेको छ । प्रदेश राजधानी तथा नामांकन समितिको प्रस्तावमा सांसदहरुले प्रदेश ४ को राजधानी निर्विवाद पोखरा राख्न सहमति जनाएका हुन् । यद्यपि प्रस्ताव पारित भने भएको छैन ।
उपसभामुख सृजना शर्माको अध्यक्षतामा आइतबार बसेको सदन बैठकमा विभिन्न पार्टीका सांसदहरुले पोखरा भौतिक पूर्वाधारका हिसाबले, भौगोलिक, पर्यटकीय, कला, सांहित्य, ११ जिल्लाको केन्द्र भागमा समेत पर्ने भएकोले प्रदेशको राजधानी राख्न उपयुक्त हुने बताए ।
प्रदेश राजधानी तथा नामांकन समितिका संयोजक बिन्दुकुमार थापाले प्रदेशका ७ सय ५१ जनाबाट नमुना परीक्षण गर्दा ९४ प्रतिशतले प्रदेश राजधानी पोखरा राख्ने विषयमा सहमति जनाएको बताए ।
आज बस्ने बैठकमा यसबारे औपचारिक निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्