Logo

सुनमा मिसावट गर्ने बर्दियाका १२ ब्यापारी पक्राउ

बर्दिया-सुनका गहनामा धातु मिसावट गरी विक्रि गरेको आरोपमा बर्दियाका १२ जना ब्यापारी पक्राउ परेका छन् । सुनका गहनामा धातु मिसावट गरी विक्रि गरेको आरोपमा बर्दियाका १२ जना ब्यापारी पक्राउ परेका छन् । 
जिल्ला प्रशासन कार्यालय अन्तगर्त बजार अनुगमन समितिले गरेको बजार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानका १२ वटा सुन पसलमा मिसावट भेटिएपछि त्यसका सञ्चालकलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा जिल्लाको राजापुर स्थित दंगाली सुनचाँदी पसलका संचालक कविराम वि. क, लुम्बीनी सुनचाँदी पसलका भगवान शरण सोनी र फुलराम ज्वैलर्सका परसुराम सुनार र निम प्रकास सुनार रहेका छन ।
 त्यस्तै जिल्लाको गुलरिया स्थित न्यू स्यांग्जा गण्डकी सुनचाँदी पसलका संचालक विजयलक्ष्मी सुनार र संतोषी सोनी, गण्डकी सूनचाँदी पसलका ईश्वर कुमार विश्वकर्मा र राप्ती लुम्बीनी सूनचाँदी पसलका भिमबहादुर सेन्चुरी पक्राउ परेका छन ।त्यसैगरी बाँसगढी बजार स्थित गण्डकी सूनचाँदी पसलका यमलाल विश्वकर्मा, मोडेल सुनचाँदी पसलका ईन्द्रमान सुनार, सिता सूनचाँदी पसलका सिता सुनार, पोखरा सूनचाँदी पसलका त्रिभुवन सुर्वणकार, पर्वत मनिषा सूनचाँदी पसलका शिवबहादुर सुनार र स्यांग्जा सूनचाँदी पसलका संगिता सुनार रहेका छन ।
केहीदिन अघि जिल्लाको राजापुर, गुलरिया र बाँसगढी क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा संकलन गरिएको संकास्पद नमूना सुन गुणस्तर तथा नापतौल विभाग काठमाण्डौमा पठाईएको थियो ।नापतौल विभागले परीक्षण गर्दा सुनमा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि विक्री वितरण गरेको पुष्टी भएकोले मिसावट गर्ने ब्यापारीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताए । पक्राउ परेका व्यापारीहरुलाई कालो बजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत पक्राउ गरि कारवाहीको प्रकृया अघि बढाइएको उनको भनाई छ । 

 

लक्ष्मण ढुंगाना

प्रतिक्रिया दिनुहोस्