Logo

निर्माण सामग्री र प्रविधिका विषयमा उचित जानकारी

विपिन चित्रकार
संयोजक
मेला आयोजक समिति
नेपाल जग्गा तथा आवास विकास संघ
यसपालि हामीले २ वटा उद्देश्य राखेर मेला आयोजना गरेका हौ । एउटा कुरा त जसले डेभर्लपरबाट बनेका घरहरू खोजिरहनु भएको छ । उहाँलाई यो मेलाबाट धेरै कुरामा फाइदा हुन्छ । अर्कोतर्फ कुरा गर्ने हो भने यो मेलामा घरहरूको मात्र होइन घर निर्माणमा आवश्यक पर्ने निर्माण सामग्री र प्रविधिका विषयमा समेत उचित जानकारी पाउन सकिन्छ । यो मेला सहरी विकास विभाग र काठमाडौं विकास प्राधिकरणको सहआयोजना हँुदैछ । त्यसले गर्दा यहाँहरूलाई थाहा नै छ । हाउजिङ व्यवसायले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको छ । आर्थिक रूपमा हाउजिङ व्यवसाय सफल भयो भने देशका अन्य उद्योगजस्तै सिमेन्ट, छडलगायतका एग्रिगेट सबै उद्योगलाई पनि टेवा पुग्ने गर्दछ । सबैलाई सपोर्ट गर्ने हुनाले रोजगारी पनि मिल्ने हुनाले मेलाको आयोजनाले अन्य क्षेत्रको पनि विकास हुने विश्वास गरिएको छ । अहिलेको हिसाबमा १५ देखि २० प्रतिशत हाउजिङ क्षेत्रमा लगानी भएको भन्ने तथ्यांक आएको छ । यसरी नै सरकारले सहरीकरणको योजना ल्याउँदा ३९ प्रतिशत यो क्षेत्रमा लगानी भएको भन्ने तथ्यांकसमेत आएको देखिन्छ । हाल १३ लाख ६४ हजार नयाँ घरको आवश्यकता पर्दछ भनेर नयाँ आँकडा पूर्वाअनुमान गरिएको छ । त्यसैले यो मेलाको आयोजनाबाट नयाँ घर बनाउने डिभर्लपरबाहेक व्याक्तिगत रूपमा बनाउने मानिसका लागि पनि यो मेलाबाट फाइदा उठाउन सक्नेछन् भन्ने विश्वास गरिएको छ । बढीभन्दा बढी डिजाइन, सामग्री र प्रविधिको विषयमा जानकारी लिन सकिने छ । यस पटकको मेलामा ठूला–साना गरी १५० वटा स्टलको व्यवस्था गरिएको छ । मेलामा ६० हजारदेखि १ जना बायरको अपेक्षा गरिएकोमा २ गते मात्र २५ हजारभन्दा बढीले मेलाको अवलोकन गरिसकेका छन् । मेला निर्माण, नयाँ ब्रान्ड, सम्मेलनलगायतका कार्यक्रम समावेश गरिएको छ ।
नयाँ नेपाल निर्माणका लागि वैज्ञनिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा महत्वपूर्ण योगदान पुराइएका व्यवसायी र यसका उपभोक्ताहरूलाई एकै थलोमा भेला गराई व्यवसायीहरूले आप्mनो नवीनतम उत्पादन उपभोक्ता माझ पुराएको छ । मेलामा उपभोक्ताहरूले नेपाली रियल स्टेट व्यवसायको वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत जानकारी लिएका छन् । यो सातांै पटकको मेलामा स्वदेशी तथा विदेशी प्रर्दशकहरूले आ–आफना सेवा तथा उत्पादनहरूको प्रदर्शन गरेका छन् । यस मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादन तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बंैक र बीमा कम्पनीहरूको सहभागिता रहेको छ ।
मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वयर्स, पेन्ट्स, सवारीसाधन, सजावटका सामान तथा वास्तुकलाजस्ता व्यवसायमा संलग्न व्यवसायीहरूले आप्mना उत्पादन गरी सोको जानकारी र परामर्श सेवासमेत उपलब्ध गराइएको छ । मेलामा योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अर्पाटमेन्टहरू खरिद र बिक्रीमा संलग्न सरोकारवालाका सम्बन्धमा एकै थलोबाट विस्तुत जानकारी प्राप्त गरिरहेका छन् । यसरी नै दर्शक तथा उपभोक्तालाई विशेषज्ञद्वारा सोसम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्शसमेत उपलब्ध गराइने हुनाले यो व्यवसायमा आबद्ध व्यवसायी तथा उपभोक्ता दुवैको हित प्रवद्र्धन भई देशको आर्थिक विकासमा थप योगदान पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्