एनएमबी बैंकले पायो बैंक अफ दि–ईयर–२०१७ सम्मान «

एनएमबी बैंकले पायो बैंक अफ दि–ईयर–२०१७ सम्मान

एनएमबी बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि–ईयर २०१७ प्रदान गरेको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरूमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाण हो भने बैंकले विगतका केही वर्षहरूमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो । एफएमओ, नेदरल्याण्डससँग विदेशी साझेदारका रूपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज् (जीएबीभी) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको बैंकले जनाएको छ । २०१७, नोभेम्बर २९ तारिख, लन्डनमा आयोजित अवार्ड वितरण समारोहको भव्य सन्ध्यामा एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरे ।
बैंक अफ दिइयर अवार्ड विश्वव्यापी रूपमा बैंकिङका लागि तोकिएको मापदण्डअनुसार उत्कृष्ट ठहर भएका बंैकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना सेयरहोल्डरहरूलाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, सेयरहोल्डरहरूको मूल्य मान्यता, सेवाग्राहीहरूको सक्रियतालगायत अन्य माणकहरूका आधारमा विजेताको छनोट गर्ने गरिन्छ । सो अवार्ड बैंकले आफ्ना सेवाग्राहीहरू र सम्पूर्ण सरोकारवालाहरूलाई उत्कृष्टता प्रदान गर्न निरन्तर गरिरहेको प्रयत्न प्रतिको एक पुष्ट्याइ पनि हो ।

 

प्रतिक्रिया दिनुहोस्