Logo

हुलाकमा आन्तरिक ट्रयाकिङ सेवा

नेपालमा पछिल्लो समयका सूचना प्रविधिले निकै गति लिइरहेको समयलाई छोपोर मुगु जिल्ला हुलाक कार्यालय मुगुले शुक्रबारबाट आन्तरिक ट्रयाकिङ सेवा सुरु गरेको छ ।
हुलाक कार्यालयको सेवालाई सुस्त दुरुस्त रूपमा राखी सूचना प्रविधिको उपयोग सेवालाई प्रभावकारी विश्वासनीय बनाउन चिठी, हुलाक बस्ती ओसार–पोसार दु्रत डाँक पुलिन्दा सेवा, पोस्ट बक्स सेवातर्फ पुराना सफ्टयर धनादेश सेवा पुरानो झनजेटीले भएको परिवर्तन प्रविधिका सहज सरल तरिकाबाट काम हुने भएको हुँदा आन्तरिक ट्रयाकिङ सेवा ०७४ चैतबाट सञ्चालन गरिएको भए पनि आधिकरिक रूपमा सञ्चालन गरेको हो । हालसम्म ११ हजार १ सय १७ रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख नाग्मल शाहीले बताएका छन् ।
सन् १९३५ मा नेपालमा हुलाक घरको स्थापना भएदेखि हालसम्म परम्परागत रूपमा सञ्चालन भईआएको सेना समय अनुकूल अन्तर्राट्रिय प्रणालीसँगै आन्तरिक सेवालाई विकास गर्ने आवश्यक भएकोले २०७४ साउनदेखि आन्तरिक ट्रयाकिङ सेवा सुरु काठमाडौंलगायत उपत्यकाका ३ जिल्लाभित्रका हुलाक कार्यालय बिभागको अनुमतिमा देशभरका जिल्ला हुलाक कार्यालय इलाका र अतिरिक्त हुलाक समेतमा यो आन्तरिक ट्रयाकिङ सेवा सुरु भएको कणाली प्रदेशको जुम्ला, हुम्ला, कालीकोट, डोल्फामा अहिलेसम्म आन्तरीक ट्रयाकिङ सेवा सुरु नभएको कार्यालय प्रमुख नाग्मल शाहीले बताएका छन् ।
जिल्ला हुलाक कार्यालयले आन्तरिक ट्रयाकिङ सेवा सुरु कार्याक्रममा जिल्लाभरका सरकारी संघ–संस्थाका सूचना अधिकारीलाई भेला गराई कार्यालयका सरकारी तथा संघ–संस्थाबाट दिनुपर्ने सूचना दिन नमिल्ने सूचनाका बारेसमेत छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्