मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्याथी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको छ । संघले मंगलबार ७७ जिल्लामै प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई दबाब दिन जिल्ला प्रशासन कार्यालयमा मूल्यवृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको अध्यक्ष नैनसिंह महरले बताए ।
उनले भने, “सरकारले गरीब जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म संघर्ष जारी रहन्छ ।” त्यस्तै, बुधबार संघले देशभरका सदरमुकाममा १ घन्टा यातायात चक्काजाम गर्ने र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने जनाएको छ ।