धुर्मुस–सुन्तली फाउडेसनलाई सालिमार सिमेन्टको सहयोग

सामाजिक सेवामा समर्पित धुर्मुस–सुन्तली फाउन्डेसनलाई वीरगन्जको नेपाल शालिमार सिमेन्टले आर्थिक सहयोग गरेको छ । विभिन्न स्थानमा एकीकृत नमुना वस्ती बनाएर चर्चा कमाएका हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को संस्था धुर्मस सुन्तली फाउन्डेसनलाई नेपाल सालिमार सिमेन्टका निर्देशक अशोक वैदले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । धुर्मुस–सुन्तलीले गरिरहेको सामाजिक कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरेको नेपाल शालिमार सिमेन्टका निर्देशक वैदले बताए । वैदले प्रधानमन्त्री केपी ओलीका जनसम्पर्क सल्लाहाकार अच्युत मैनालीको उपस्थितिमा २ लाखको चेक हस्तान्तरण गरेको हो । वैदले वीरगन्जका विभिन्न सामाजिक संस्थाहरू तथा व्यक्ति रूपमा पनि सहयोग गर्दै आएका छन् ।