सेयर बजारमा दोहोरो अंकको सुधार «

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा सुधार आउने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । पछिल्लो दिनहरूमा निरन्तर घटेको सेयर बजार यो साताको अन्तिम तिर सुधारको गतिमा देखिएको हो ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्से परिसूचक १३ अंकभन्दा धेरैले बढ्दा कारोबार रकम पनि बढेर ६८ करोड रुपैयाँमा पुगेको छ ।
सेयर बजार धितोपत्रको आपूर्ति अधिक भए पनि बजार नकारात्मक हुँदै आएको थियो । कारोबार सुरु हुँदादेखि घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बन्द हुँदासम्म कायम रह्यो ।
कारोबार सुरु हुँदा १४८०.२६ अंकमा रहेको नेप्से परिसूचक १३.०३ अंकले बढेर बन्द हुँदा १४९३.२९ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि करिब साढे २ अंकले बढेको छ ।
नेप्सेमा कारोबार भएका वाणिज्य बैंक, बिमा तथा माइक्रोफाइनान्स कम्पनीहरूको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजार सूचकमा परेको हो । कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १०.७, बिमा २६.३१, जलविद्युत् ४६.०३, होटल २२.६५, माइक्रो फाइनान्स २४.३९ विकास बैंक २२.२, वित्त ९.५५, उत्पादनमूलक १५.५७, र अन्य समूह भने ४.९१ अंकले बढेका छन् । तर, व्यापार समूह मात्र ३.३७ अंकले घटेको छ ।
बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा १६५ कम्पनी ५ हजार ४ सय ८१ कारोबारबाट ६८ करोड ५७ लाख रुपैयाँबराबरको १३ लाख ९१ हजार ८ सय ५३ कित्ता सेयर किनबेच भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्