सूर्योदय नगर उद्योग वाणिज्य सघंमा राईको प्यानल विजयी «

सूर्योदय नगर उद्योग वाणिज्य सघंमा राईको प्यानल विजयी

 सूर्योदय नगर उद्योग वाणिज्य सघंको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रमोद राईको प्यानल विजयी भएको छ । सोमबार बिहान सम्पन्न मतगणनाबाट पदाधिकारीसहित सबै सदस्यमा राईको प्यानल विजयी बनेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल सम्बद्ध उद्योगीहरूको संयुक्त गठबन्धनमा निर्माण गरिएको राईको प्यानल विजयी भएको हो । राईका विरुद्ध नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट उद्योगीहरूको संयुक्त गठबन्धनमा निर्माण गरिएको उत्तमकुमार श्रेष्ठको प्यानल पछि परेको छ । श्रेष्ठको प्यानलबाट उम्मेद्वारी दिएका सबै पराजित भए ।

प्रतिक्रिया दिनुहोस्