Logo

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

बिहीबार धनगढीमा आयोजित संयुक्त बैठकमा दुवै देशका अधिकारीहरूले नेपाल–भारत सीमा क्षेत्रमा हुने उत्पन्न विवाद, दुई देशबीचमा रहेका विभिन्न सीमा स्तम्भहरूको मर्मत सम्भार तथा आवश्यक सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको छ । नेपाल–भारत फिल्ड सर्भे टीमको दोस्रो संयुक्त बैठकले सीमा क्षेत्रमा देखिएका विवाद, चोरी, तस्करी र अपराध नियन्त्रण विषयमा केन्द्रित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । बैठकमा दुवै देशका अधिकारीहरूले छुट्टाछुट्टै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा भारतको तर्फबाट भिलिभिटका प्रमुख जिल्ला अधिकारी डा. अखिलेष मित्र तथा खिरीका प्रमुख जिल्ला अधिकारी शैलेन्द्रकुमार सिंह र जिल्लास्थित उच्च सुरक्षा निकायका पदाधिकारीहरू सहभागी थिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नापी अधिकृत सुदर्शनसिंह धामीले नेपाल भारत जोड्ने पिल्लर नम्बर ७ सयदेखि ८ सय १ सम्मका पिल्लरहरूको निरीक्षण अवलोकन गर्दा कैलालीमा ३१ वटा पिल्लरको पुनः निर्माण गरिएको जानकारी गराए । उनका अनुसार कैलालीमा २७ तथा कञ्चनपुरमा ४ वटा पिल्लरहरूको पुनः निर्माण गरिएको हो । त्यस्तै कैलालीमा ९८ तथा कञ्चनपुरमा तीनवटा गरी एक सय एक पिल्लरहरूको आवश्यक मर्मत सम्भार गरिएको ४ नम्वर फिल्ड टीम लिडर समेत रहेका धामीले बताए ।
बैठकमा कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुखहरू, नापी, वन, सहरी विकास, मालपोत कार्यालयलगायत प्रमुखहरू सहभागी छन् । त्यस्तै, भारतको खिरी जिल्लाका मेजिष्ट्रेड शैलेन्द्रकुमार सिंह र पिलिभिट जिल्लाका मेजिष्टेड डा. अखिलेष मित्र तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

डीएमलाई ज्ञापनपत्र
गौरीफण्टा–पलिया सडक खण्डको मर्मत सम्भार, सुधार र सीमामा आवातजावत सहज अवस्था सहज अवस्था गर्न आग्रह गर्दै नेपाल– भारत मैत्री संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ७ का उपाध्यक्ष हरिशंकर ठाकुरले भारतको खीरी जिल्लाका प्रमुख (डिएम) शैलेन्द्र सिंहलाई ज्ञापनपत्र बुझाए ।
ज्ञापनपत्र बुझ्दै सिंहले यथाशिघ्र गौरीफण्टा नाकाको सडक मर्मत गर्ने र आवतजावत सहज गराउन प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा वरिष्ठ उद्योगी ओम प्रकाश अग्रवाल, श्याम तायल्सलगायतले व्यवसायीले भोग्नुपरेका समस्या राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्