Logo

तरकारी र अन्नबालीमा क्षति

रुकुम-  हावाहुरीसहित परेको असिनापानीले पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा लगाइएको हिउँदे बालीमा क्षति भएको छ । केही दिनयता लगातार परेको असिनापानीले भित्र्याउन टिक्क पारिएको गहुँबालीमा क्षति पुगेको छ । त्यसैगरी मुला, काउली, प्याजलगायतका तरकारी र फलफूलमा पनि क्षति पुग्दा किसान चिन्तित बनेका छन् ।
चौरजहारी नगरपालिका–६ का किसान रुद्रबहादुर खत्रीले असिनापानीले अन्नबालीसँगै तरकारी नष्ट गरिदिँदा यस क्षेत्रका अधिकांश किसान मारमा परेको बताए । असिनापानीले रुकुम पश्चिमसँगै रुकुम पूर्वका धेरै किसानले लगाएको बालीनालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रुकुम पूर्वको रुकुमकोटमा पछिल्लो ५ वर्षयताकै ठूलो मात्रामा असिनापानी परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्