स्थानीय तहमा कर्मचारी अभाव «

स्थानीय तहमा कर्मचारी अभाव

स्थानीय तहको चुनाव भएको एक वर्ष पुग्नै लागि सक्दा पनि सरकारले कर्मचारी खटाउन नसक्दा जिल्लाका विभिन्न स्थानीय तहमा काममा समस्या भएको छ । कर्मचारी नहुँदा जिल्लाका ८ गाउँपालिका र २ नगरपालिकामा समस्या भएको हो । रिब्दीकोट गाउँपालिकामा वडा सचिव देखि कृषि, पशु लगाएतका प्राविधिकहरुको अभाव हुँदा सेवाग्राहीमा सेवा पुग्न सकेको छैन ।
वडा कार्यालयमा वडा सचिव र प्राविधिक नहुँदा सेवा लिन समस्या हुने गरेको स्थानीयवासीन्दा राधाकृष्ण दंगालले गुनासो गरे । वडा सचिवको दरबन्दी पूरा हुन नसकेपछि एउटै सचिवले दुईतीन वटा वडाको काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख नारायणबहादुर जिसीले बताए । गाउँपालिकाबाट पारित योजनाहरुलाई कार्यान्वयनको लागि जनशक्ति अभावले समस्या भएको उनले बताए । सरकारले पठाएका र समायोजनमा परेका कर्मचारीसमेत कार्यक्षेत्रमा नआएका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए । लेखापाल, प्राविधिक, कार्यालय सहयोगी र अन्य शाखामा कर्मचारीको समस्या छ । अन्य गाउँपालिकामा समेत कर्मचारीको अभाव रहेको जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्