मालबाहक ट्रक व्यवसायी अन्योलमा «

मालबाहक ट्रक व्यवसायी अन्योलमा

 सरकारले यातायात सम्बद्ध संघ–संस्था नवीकरण नगर्ने निर्णय गरेपछि मुलुकभरका ५० हजार मालबाहक ट्रक व्यवसायी अन्योलमा परेका छन् ।
जनदायित्व, धनदायित्व र दुर्घटना लगायतका विभिन्न समस्यामा सामधान गर्ने मालबाहक ट्रक व्यवसायीको प्रतिनिधि संस्था खारेज हुने भएपछि उनीहरू अन्योलमा परेका हुन् ।
देशभर ३६ स्थानीय संघ अन्तरगत ५० हजार मालबाहक सबारी सदस्य भई संचालीत हुने गरेको नेपाल ट्रक ब्याबसायी महासंघले जनाएको छ ।
“संघनै नरहने भए पछि अब कसरी सवारी साधन चलाउने अन्योलमा परेका छौं,” व्यवसायी श्याम श्रेष्ठ भन्छन्, “बिमा बाहेक अन्य समस्यामा संघले सहजीकरणको भूमिका खेल्ने गर्दा व्यवसायी ढुक्क थिए, सवारी निर्वाध सञ्चालनमा आएको थियो ।”
“सरकारले यातायात भने पछि सबैलाई एकै बुझेपछि यो अन्यौल आएको हो,” श्रेष्ठ भन्छन्, “यात्रुबाहक र मालबाहक फरक हो मालबाहक आलोपालो सेन्टिकेट छैन यो सरकारले बुझेन ।” सरकारले तोकेको भाडासमेत पाउन नसकी प्रतिस्पर्धामा चल्ने मालबाहक सवारीका संस्थाहरू आन्दोलनमा जाने भएका छन् ।
“आलोपालो सेन्टिकेट हामीले लगाएका छैनौं, प्रतिस्पर्धामा हाम्रा मालबाहक सवारीहरू चलेका छन्,” तराई यातायात व्यवसायी संघका महासचिव शंकरकुमार बिष्ट भन्छनृ, “नीति निर्माण तहका जिम्मेबार पदाधिकारीहरूले सबै सबारीलाई एउटै बुझ ।”
तराई यातायातमा ३ हजार मालबाहक सबारी आबद्ध रहेका बताउँदै बिष्ट भन्छन्, “सरकारले समस्या क्षेत्र पहिचान नगरी एकै पटक खारेजीको निर्णयले हाम्रो मात्र नभई देशभरका मालबाहक सवारी धनी अन्यौलमा परेका छन् ।”
सबारी र मानवबीचको सडक दुर्घटनामा घाइतेलाई ६० लाखसम्म उपचार खर्च बेहोर्दै आएको संघ नहुँदा एक मात्र सवारीका धनीले उक्त व्ययभार बोक्न नसक्ने बुझेरै आन्दोलन बाहेक विकल्प नभएको सवारी धनीहरू बताउन थालेका छन् ।
एउटा मालबाहक ट्रकले मासिक १ लाख बचत गर्ने गर्छ सोही बचत रकमबाट बैंक किस्ता ब्याजलगायत सम्पूर्ण खर्च गर्दा व्यवसायीको हातमा १० हजार पनि नपर्ने व्यवसायीहरूको भनाइ छ ।
अर्का व्यवसायी विष्णु थापाले संघमा आबद्ध नभई आफू जस्तो एउटा मात्र सवारी भएका व्यवसायी सञ्चालनमा आउनै नसक्ने बताउँदै अब सरकारलाई सबारीको चाबी बुझाउँछांै ।
राज्यले तोकेको सवारी अनुमतिपत्र, सडक अनुमतिपत्र, आयकरलगायत सबै प्रकारका करहरू तिर्दै आएका व्यवसायीहरू सरकारले थप कर लिन संघ खारेजको नीति ल्याउन लागेको महासचिव बिष्टको भनाइ छ । अब आफ्नो सवारी साधन थन्काउनु बाहेक विकल्प पनि नरहेको व्यवसायीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्