Logo

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको हो । खाना पकाउने एलपी ग्यास र हवाई यन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिए । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोल अब १०६ रुपैयाँ र डिजेल-मटीतेल ८७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य वृद्धिपछि निगमलाई मासिक २१ करोड २३ लाख नाफा छ ।

प्रतिक्रिया दिनुहोस्