कैनीको पेसा संकटमा

डडेल्धुरा अमरगढी नगरपालिका–७ पोखरा तिलाडी गाउँका दलित समुदायको पेसा संकटमा परेको छ । तिलाडी गाउँका कैनी जातका दलित समुदाय बाँस तथा निगालोको डोका डालो, टपरी, भकारी, कोरुंगोलगायत घरयासी प्रयोजनका सामग्री बनाउने गर्दछन् ।
निगालो तथा बाँस सहज रूपमा पाउन छाडेपछि यहाँका ६० घर परिवार दलितको पेसा संकटमा परेको हो । बजारमा माग उच्च भए पनि कच्चा पदार्थ अभावले सामग्री उत्पादन हुन सकेको छैन । वन अतिक्रमणसँगै जलवायु परिवर्तनका कारण बाँस र निगालो पाइन छाडेपछि यहाँका दलित समुदायका मानिसको परम्परागत पेसा संकटमा पर्दै गएको छ । अमरगढी नगरपालिका–७ का तिलुवा पार्कीले भने, “पहिले डडेल्धुरामा पाउने निगालो अहिले बझाङबाट किन्दा एउटा निगालोको १५ रुपैयाँ पर्न आउँछ ।” पहिले एउटा डोकाको चार सय जति पथ्र्यो भने अहिले झण्डै ७ सात सय जति पर्न आउँछ । सुदूरपश्चिममा अझै पनि निगालोका सामग्री राख्ने चलन कायम छ ।