पुल निर्माणमा ठेकेदारको लापरबाही «

पुल निर्माणमा ठेकेदारको लापरबाही

भीमदत्तनगरपालीको वडा नं १८ र १५ जोड्ने गोवरिया खोलाको पुल निर्माणका लागि ठेक्का सम्झौता भएको १ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम सुरु हुन सकेको छैन ।
२०७४ साल वैशाख १५ मा ठेक्का सौम्झौता गरेको धनगढीको रोयल कन्ट्रक्सनले पुलको काम गर्ने अख्तियारी कञ्चनपुरका लोकराज जोशीलाई दिएको थियो । गोवरिया खोलामा बन्ने भनेको करिब २० मिटर पुलको लागि ३ करोड ५६ लाखमा सम्झौता भएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०७५ कात्तिक ६ गतेभित्रै काम सक्नुपर्ने भए पनि ठेक्का सम्झौता भएको १ वर्ष पुग्दासमेत कामको सुरुवात हुनसकेको छैन । पुल निर्माणको जिम्मा पाएका लोकराज जोशी भने सम्र्पकविहीन भएको स्थानीयले बताएका छन । सडक डिभिजन प्रमुख इन्जिनियर लक्ष्मीदत्त भट्टका अनुसार पुल निर्माणको जिम्मा पाएका लोकराज जोशीले काम नगरेको बताए । उनले भने, “हामीले समय समयमा ताकेता गरेका छांै तर पनि काम सुरु हुनसकेको छैन हिजोमात्रै सम्पर्क गर्दा मेसिन बिग्रेको कारणले काम सुरु हुन नसकेको होे ४÷५ दिनमा काम सुरु गर्छु भनेका छन् ।” पुल निर्माणका लागि निर्माण कम्पनीले १० प्रतिशत रकम लगिसकेको सडक डिभिजन प्रमुख इन्जिनियर लक्ष्मीदत्त भट्टले बताए ।
अब निर्माण कम्पनीका लागि कुनै हालतमा पनि म्याद थप हुन सक्दैन काम नगरे निर्माण कम्पनीलाई हर्जाना तिराएर ठेक्का तोडिने र अर्को ठेक्का गरिने सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनियर भट्टले बताए । पुल निर्माणका लागि स्थानीयले पटकपटक ठेकेदारलाई सम्पर्क गरे पनि भोलीभन्दा भन्दै १ वर्ष बिताएको स्थानीयले बताए । हामीले पटक पटक ठेकेदारलाई गुहा¥यांै ठेकेदारले कहिले मेसिन आउँदैछ कहिले मेसिन बिग्रेको छ भनेर टार्ने गरेको र सडक डिभिजन कार्यालयमा जानकारी लिन खोज्दा पनि कुनै जानकारी नदिएको गोवरियावासी लक्ष्मी बोहराले बताए । १ वर्ष बितिसक्दा पनि पुल नबन्दा स्थानीयलाई आवतजावतमा निकै समस्या भएको छ । पुल निर्माण नहुदा सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयले बताएका छन् । स्थानीयले सो बाटो जनप्रतिनिधि निषेधित क्षेत्र घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्