१५ दिनमा ७ हजार स्वदेश फिर्ता हुने «

१५ दिनमा ७ हजार स्वदेश फिर्ता हुने

कोरोना महमारीका कारण विदेशमा रोजगारी गुमाएका नेपालीको उद्दारको लागि पाँचौ उद्दार उडान हुने भएको छ । भदौ १ गते देखि १५ गतेसम्म हुने उद्दार उडानमा दैनिक ३ उडानमा ५ सय नेपाली ल्याउने गरि ४३ उडान गर्ने छ । उक्त उद्दार उडान गर्नका लागि पाँचौ पटक समय थप गर्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सम्बद्ध निकायलाई अनुमति दिएको करिब ७ हजार भन्दा बढी स्वदेश फिर्ता हुन चाहने नेपाली लाभान्वित हुने अनुमान गरिएको छ ।
गतसाता मन्त्रिरिषदले दैनिक ५ सय नेपालीको उद्दार उडान गर्ने गरी निर्णय गरेबमोजिम दैनिक २ सय सरकारको खर्चमा (श्रम तथा रोजगार मन्त्रालयको समन्वयमा) ल्याउने र ३ सय व्यत्तिकै खर्चमा ल्याउने मन्त्रिपरिषदको निर्णय अनुसार उद्दार गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । उनले भने, “वर्तमान समयलाई मध्यनजर गरेर स्वदेश फिर्ता हुने नागरिकको उचित व्यवस्थापन गर्ने गरी सीमित संख्यामा चार्टर उडानमार्फत उद्दार उडान गर्न लागिएको हो ।”
नेपाल वायुसेवा निगमले–१७ हिमालय एयरलाइन्सले १५ र विदेशी विमान कम्पनीलाई–११ उडान अनुमति दिएको छ । उडान अनुमति दिएको गन्तव्यमा रोजगार मुलुकमा बढी रहेको छ, भने युरोप, अमेरिका र अष्ट्रेलिया रहेका छन् । सबै भन्दा बढी उडान हुने गन्तव्यमा दुबही दोहा क्वालालाम्पुर र दमाम क्रमशः ८,७,६,५ उडान हुने छन् । त्यस्तै रियाद, जोद्दा, कुबेत, जापान, कोरिया, सारजाहा, युरोप, अमेरिका र अष्ट्रेलियाका गन्तव्यमा उडान अनुमति दिएको छ । ती गन्तव्यमा कुबेतमा ३ सारजाहामा २ बाहेक अन्य गन्तव्यमा १ उडान हुने छन् ।
आफ्नै खर्चमा स्वदेश फिर्ता हुने नेपालीको सूची अझ पनि धेरै रहेकाले स्वयम खर्चमा नै आउने नेपालीको संख्या बढी हुने आंकलन रहेको सीसीएमसीका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले बताए ।
उनले भने, “सरकारी खर्चमा ल्याउने नेपालीको लगत संकलन सम्बन्धित देशले गरिरेको र त्यो संख्या धेरै नरहेको अवस्था छ । यसरी अहिलेसम्मको अवस्था हेर्दा कुनै उडानमा रोजगारदाता कम्पनी पठाएका र कुनैमा उद्दार उडानमा आउन चाहने नागरिक आउने छन् ।” कम्पनीले फिर्ता पठाउनेको संख्या पनि धेरै भएकाले दूतावासको समन्वयमा सहजिकरण गर्दै नेपाल आउन चाहने नेपाली उद्दार उडानमार्फत आउने सचिव गुरागाइँको भनाई छ ।
विगतमा सरकारले स्वदेश फिर्ता भएका नेपालीलाई काठमाडौंको होल्डिङ सेन्टरमा राखेर नेपाली सेना र सीसीएमसीको समन्वयमा प्रदेश सरकार हुँदै स्थानीय तहमा पठाउने गरेको थियो । भदौ १ बाट हुने उद्दार उडानमा आएका नेपालीलाई ८ दिन काठमाडौंमा होम क्वारेन्टाइनमा राखेर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्