Logo

पुनर्निर्माण प्राधिकरण सीईओकोे नियुक्ति खारेज गर्न सर्वोच्चमा रिट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुषालको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर भएको छ । भुषालको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै प्राधिकरणका पूर्व सिइओ सुशील ज्ञवालीका तर्फबाट आनन्दप्रसाद सुवेदीले रिट दायर गरेका हुन् । 
रिटमा राजीनामा दिएका पूर्व सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि भुषाललाई नियुक्ति गर्नु कानुनसम्मत नभएको दाबी गरिएको छ । प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद्ले कात्तिक ६ गतेको बैठकले उनको राजीनामा स्वीकृत गरेपछि भुषाललाई सिइओ नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को ०७२ पुस १० गतेको निर्णयबाट ५ वर्षको पदावधि हुनेगरी प्राधिकरणमा आफूलाई नियुक्त गरे पनि त्यसको एक वर्षमै गैरकानुनी रुपमा हटाएर पोखरेललाई सिइओ नियुक्त गरिएको भन्दै उनले ०७३ माघ ४ गते रिट हालेका थिए । तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारले पोख्रेललाई नियुक्त गरेकोमा केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरणको सिइओ नियुक्त गरेको थियो । त्यसपछि बनेको कांग्रेस माओवादी गठबन्धनको सरकारले पुनः ओली नेतृत्वको सरकारले हटाएका पोख्रेललाई नै सिइओ नियुक्त गरेको थियो । उनmे राजीनामा दिएपछि कात्तिक ६ गते पूर्व अर्थसचिव भुषाललाई सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।  
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,नेपाल सरकार मन्त्रिपरिषद् ,राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणका कार्यकारी अधिकृतलाई विपक्षी बनाइएको छ । ज्ञवालीलाई पोख्रेललाई नियुक्त गरेपछि पनि नियुक्ति खारेजीको माग गर्दै रिट दायर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्