चौधरी फाउण्डेसनद्वारा बाढी पीडितलाई राहत वितरण

चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्ला भजनी नगरपालिकाका बाढी पीडित ३०० घरपरिवारलाई राहत वितरण गरेको छ । फाउण्डेसनले उक्त नगरपालिकाका विभिन्न वडाका बाढी प्रभावितहरुलाई ३२५ कार्टुन वाइवाई चाउचाउ, ३४० केजी वाइवाइ भुजिया आपत्कालीन खाद्य सहयोगका रुपमा हस्तान्तरण गरेको जनाएको छ ।
आपत्कालीन खाद्यसामग्री हस्तान्तरण नगरपालिकासँगको समन्वयमा भएको हो । चौधरी फाउण्डेसनले आपत्कालीन राहत तथा सहयोगलाई आफ्नो कार्यक्रमका रुपमा सञ्चालन गर्दै आइरहेको छ । साउन १४ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण कैलाली जिल्लामा एक हजार ६०० घरपरिवार प्रभावित भएका छन् । काँडा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकामा सबैभन्दा ठूलो क्षति पु¥याएको छ ।