चुरेमा पानीको स्रोत सुक्दै

स्रोत सुक्दै जाँदा चुरे पहाड शृङ्खलाको तल्लो क्षेत्रका बस्तीमा जल संकट पर्दै गएको छ । वन विनासका कारण सिरहा, सप्तरी र उदयपुरका चुरे तलका बस्तीमा पानीको स्रोत सुक्दै गएको हो ।
चुरे वन क्षेत्रमा मुहान भएर बग्ने नदी र खोलामा पानी बग्न छाडेको छ । बस्ती छेउको पानीको स्रोत सुकेपछि दजनौं बस्तीका सर्वसाधारण पानीका लागि सास्ती भोग्दै आएका छन् । कतिपय गाउ“का सर्वसाधारण पानी अभावमा बसाइँ सर्न बाध्य भएका छन् । पानी अभावमा विवाह, व्रतबन्ध, काजकिरियालगायतका कार्य गर्न समेत समस्या हुन थालेको छ । सा“झ बिहान आउने पाहुनालाई स्वागत गर्न समेत पानीको समस्या हुँदै आएको स्थानीयले बताउन थालेका छन् ।
उदयपुरतर्फको त्रियुगा नदीमा पानीको सतह बर्सेनि घट्दै गएको छ । अन्य खोला सुकिसकेका छन् । खहरेमा वर्षात्को समयमा समेत पानी आउन छाडेको सर्वसाधारणले बताए । सिरहाको बलान र सप्तरीको महुली, खाँडोलगायतका खोलामा वर्षात्को समयमा पानी भन्दा बढी बालुवा र माटोको लेदो बग्ने गरेको छ । हिउँदमा जमिनमुनिको पानीको स्रोत भासिँदै ९तल्लो सतहमा० गएको छ र बालुवा थुपिँ्रदा सिरहा र सप्तरीको हजारौ हेक्टर खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदै गएको छ ।
उदयपुरतर्फको झण्डै १९ खोला खहरेको मुहान चुरे जंगल क्षेत्र हो । त्यसैगरी सिरहा र सप्तरीमा पनि दर्जन बढी खोलाको मुहान चुरेमै पर्दछ । पानीको स्रोत सुक्दै जाँदा उदयपुरको कटारी र त्रियुगा नगरपालिकासहित रिस्कु, भलायडाँडा, जोगिदह, हडिया र सुन्दरपुर गाउँका चुरे तलका बस्ती रित्तिँदै गएका छन् । पशुपालन र मानिसका लागि आवश्यक पर्ने पानी नहँुदा ती बस्तीका सर्वसाधारणले सुनसरी र मोरङ जिल्लाका पर्याप्त पानी भएका क्षेत्रमा बसाइँसराइ गर्न थालेको सुन्दरपुरका देवी बस्नेत बताउँछन् ।
त्यसैगरी सप्तरीको पिप्रापश्चिम, हर्दिया, कल्याणपुर, रुपनगर र सप्तकोसी नगरपालिककाको अधिकांश क्षेत्रमा पानीका मुहान सुक्दै गएका छन् । पानी नहँुदा त्यस क्षेत्रका सर्वसाधारण समस्यामा पर्दै गएको बस्नेतले वताए । “पानी सबै प्रकारका सजिव प्राणीका लागि अवश्यक पर्दोरहेछ, पानी नहुँदा जगत नै चल्न गाह्रो हुन्छ,” उनले भने, “यस्तै अवस्था बढ्दै गए चुरे तलका बस्तीमा केही दशकपछि सजिव प्राणीको उपस्थिति शून्य हुनसक्छ ।” “पानीको मुहान सुकेपछि सिरहाको तरेगना गोविन्दपुर र विष्णुपुरकट्टीका सर्वसाधारण बसाइँसराइ गरेर अन्यत्र गइरहेका छन्,” स्थानीय हरिप्रसाद पोखरेलले भने, “पानी नहुँदा त्यस क्षेत्रका सर्वसाधारण दुई वर्षदेखि गाउ“ छोडिरहेका छन् ।” चुरे तलका बस्तीका सर्वसाधारणले पानीको जोहो गर्न ज्यादै कठिन रहेको उनले बताए ।
सिरहाकै चन्द्रोउदयपुर, बडरमाला, कर्जनालगायतका गाउँमा पानीको समस्या छ । त्रियुगा र बलान नदीमा पानी घट्दै जा“दा स्थानीयको जनजीवन र कृतिम असर परेको छ । चुरे तलको भावर क्षेत्रमा पानी भूमिगत रहन्छ । सतहमा नदेखिने पानी समतल जमिनको मिलनविन्दुमा पुगेर मात्र देखिने गर्दछ । तर समतलमा पनि पानी देखिन छोडेको त्रियुगा माविका प्रधानाध्यापक सुवास विष्टले बताए । “चुरे विनासस“गै भावर क्षेत्रमा मात्रै होइन समथर भूभागमा समेत पानी देखिन छोड्यो,” विष्टले भने, “अहिले चुरे विनासका कारण प्राकृतिक नियममा पनि व्यापक परिवर्तन देखिएको छ ।” त्यसैले जलाधर सुकेका कारण त्रियुगा नदीलगायतका चुरे तलका खोलामा पानीको सतह तल भासिँदै गएको उनले बताए ।
सिराहा, सप्तरी र उदयपुर जिल्लाको सिमाना भएर पूर्व पश्चिम फैलिएको चुरे पहाडको कमलादेखि कोसीसम्मका तल्लो भावर क्षेत्रका गाउ“मा भूमिगत पानीको स्रोत सुक्दै गएको सप्तरीको महुलीका लोमस सुवेदीले बताए । “स्रोत सुकेपछि चापाकलमा पानी नआउँदा दैनिक उपभोग गर्न समेत पानी अभाव पर्न थालेको छ,” सुवेदीले भने, “चुरे तल पानी पाउन छोडिसक्यो ।”
–गोपाल पोखरेल