बाँफिकोट गाउँपालिकाद्वारा १७ कानुन पारित

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले १७ वटा कानुन निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि गाउँ कार्यपालिकाले आवश्यक १७ वटा ऐन, नियम, नियमावली पास गरेको हो । गत साउन महिनामा बसेको पहिलो गाउँसभाबाट ७ र फागुनमा बसेको तेस्रो गाउँसभाबाट १० वटा ऐन पास भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार गाउँसभाले गाउँसभा सञ्चालन नियमावली, शिक्षा नियमावली, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन र योजना बजेट तथा कार्यक्रम दिग्दर्शन, एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन निर्देशिका, सुशासन प्रवद्र्धन रणनीति तथा कार्ययोजना र आर्थिक कार्यविधि व्यवस्थित तथा नियमित गर्न बनेको ऐन पारित गरेको छ । त्यस्तै फोहरमैला व्यवस्थापन नियमावली, बजार अनुगमन निर्देशिका, आर्थिक ऐन, विनियोजन ऐन, कार्य विभाजन नियमावली, बैठक तथा निर्णय प्रमाणीकरण, पदाधिकारी आचारसंहिता, कार्य सम्पादन नियमावली र बैठक सञ्चालन नियमावली २०७४ पनि पारित गरेको छ ।