Logo

पाँचथरका सडकहरू हिउँदमा धुल्यामै, वर्षामा हिल्यामै

पाँचथर-मिक्लाजुड वडा नम्बर २ का वडाध्यक्ष सन्तकुमार शेर्माले काम विशेषले सदरमुकाम फिदिम आउनुपर्ने तर सडकको अवस्थाले आउन सकस परिरहेको सुनाए । “हिलोले मोटरसाइकल डुब्छ अरु सवारी साधन
कुद्न नसक्ने अवस्था छैन कसरी आउने,” शेर्माले भने ।
सडक सञ्जालमा तेस्रो जिल्ला भनेर पाँचथरका नेताहरूले सार्वजनिक स्थलहरूमा गौरबका साथ भाषण गर्ने गरेका छन् । एक नगरपालिकासहित सात गाउँपालिका रहको पाँचथरमा ६० वटा वडाहरू छन् । प्रत्येक वडाहरू सडक पुगेको पाँचथरमा वर्खालागेसँगै ग्रामीण कच्ची सडकहरू हिल्यामै भएर अबरुद्ध अवस्थामा छन् । हिँउदको समय भर धुलोले अस्तव्यस्त रहने पाँचथरको सडक बर्खा लागेसँगै हिल्यामै हुने गरेको छ । वर्षाका कारण अहिले पाँचथरका अधिकाश सडकहरू अवरुद्ध छन् ।
हिलो र पानीका कारण अधिंकाश सडकहरू अहिले अबरुद्ध अवस्थामा छन् । सबै मौसममा सवारी गुड्ने सडक नहुँदा वर्षा लागेसँगै ग्रामीण सडकहरू अबरुद्ध हुने गरेका छन् । सडक खन्नुमात्र विकास हो भन्ने सम्झने स्थानीय तहका प्रतिनिधिहरूको पनि सडक मर्मतमा उचित ध्यान नजाँदा सडकको अवस्था नाजुक छ । डाँडाहरूसमेत डोजर लगाएर भत्काएपछि पहिरोको समेत चिन्ता थपिएको छ ।
वर्षा लागेसँगै राँके रवि, जोरपोखरी एकतिन, फिदिम फालैट, मध्यपहाडी लोकमार्गको थर्पु च्याङथापु सडक खण्ड वर्षा लागेसँगै अबरुद्ध अवस्थामा छन् । सडक अबरुद्ध भएपछि सदरमुकाम फिदिमबाट पाँचथरका सात गाउँपालिकाको केन्द्र पुग्न कठिन हुने गरेको छ ।
वर्षा लागेर सडक अबरुद्ध भएपछि ग्रामीणहरू असोज पहिलो दोस्रो सातासम्म अवरुद्ध हुने गरेको छन् । अघिल्लो वर्षहरूमा जेठ अन्तिम सात तिरमात्र झरी सुरु हुनेमा यसपल्ट वैशाखमै झरी लाग्दा ग्रामीण सडकहरू छिट्टै अबरुद्ध सुरु भएको यातायात व्यावसायीहरूले बताएका छन् ।
यतायतात अबरुद्ध हुदा गाउँगाउँमा खाद्यान्न, लताकपडालगायत आवश्यक सामग्रीहरू ढुवानीमा समस्या हुने गरेको छ । “रवि दमक पनि अबरुद्ध छ, रवि राँकेको त कुरा नगरौं’ । दशमी बजारका एक व्यापारीले बताए ।
भएको सडकहरूको अवस्था नाजुक भए पनि पाँचथरमा नयाँ सडकका लागि ट्रयाक खोल्ने काम अझ रोकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्