Logo

सेयर बजार अनिश्चितकालका लागि बन्द

सरकार तथा नियामक निकायको लापरवाही तथा गलत नीतिका कारण सेयर बजारको भविष्य अन्योलग्रस्त भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले (नेप्से) शनिबार एक सूचना सार्वजनिक गर्दै सेयरबजार अनिश्चितका लागि बन्द गरिएको जनाए पछि सेयर बजारको भविष्य अन्योलग्रत बनेको हो । स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार असार ७ गतेदेखि धितोपत्रको दोस्रो कारोबार स्थगन गर्ने निर्णय गरिएको हो । नेप्सेले धितोपत्र बोर्डबाट अर्को सूचना नभएसम्मका लागि बन्द हुने सूचनामार्फत जनाएको छ ।
गत साता नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि कारोबार बन्द गरेको थियो । आइतबारबाट बजार खुला हुन सक्ने सम्भावना रहेको भन्दै नेप्सेले तयारीमा रहन सरोकारवाला सबैलाई सूचना जारी गरेको थियो । तर, शनिबार अर्को सूचना जारी गर्दै धितोपत्र बोर्डको अर्को निर्देशन प्राप्त नभएसम्म बजार बन्द रहने बताएपछि सेयर बजारको भविष्य अनिश्चित बनेको हो ।
धितोपत्र बोर्डले भने बजार सुधारका लागि पहल भइरहेको बताएको छ । सुधारका लागि बोर्डले नेपाल अर्थ मन्त्रालय तथा केन्द्रीय बैंकमा पत्राचार गरेको छ । धितोपत्र बोर्ड अर्थमन्त्रालयको एउटा शाखाभन्दा पनि कमजोर भएकोले सेयर बजार नसुध्रिने केहि लगानीकर्ताले बताए । उनीहरुका अनुसार बजार बन्द गरेर लगानीकर्ताको मनोबल गिराउने काममा अर्थमन्त्रालय लागेकोले बजार खोल्ने निर्णय अन्तिम समयमा आएर परिवर्तन भएको हो । अर्थमन्त्री स्वयंम पनि सेयर बजारप्रति सकारात्मक नभएको तथा बोर्डको नयाँ अध्यक्ष अर्थमन्त्रीकै सिफरिसमा नियुक्त भएकोले बजारमा अर्थमन्त्रीले जे चाह्यो त्यहि हुने लगानीकर्ताहरुले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्