Logo

लकडाउनमा सिद्धार्थ इन्स्योरेन्सद्वारा १३ करोड बराबरको दाबी भुक्तानी

सिद्धार्थ इन्स्योरेन्सले बिमा दाबी भुक्तानी जारी राखेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सिर्जित असामान्य परिस्थितिमा पनि इन्स्योरेन्सले दाबी भुक्तानी जारी राखेको हो ।
यसै सन्दर्भमा कम्पनीले बिमित यति प्लास्टिक इन्डस्ट्रिजलाई ३ करोड ६७ लाख ५० हजार रुपैयाँ तथा ओम प्लाइउड एन्ड फर्निचर इन्डस्ट्रिजको १ करोड ५९ लाख रुपैयाँ बराबरको दाबीहरु फर्छ्योट गरी दाबी रकमको चेक हस्तान्तरण गरेको छ । लकडाउनको करिब तीन महिनाको अवधिमा कम्पनीले १३ करोड ११ लाख ५९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीले आव २०७५-०७६ मा कुल १ अर्ब १६ करोड १३ लाख ९८ हजार रुपैयाँको दाबी भुक्तानी गरेकोमा चालू आवको हालसम्म ७९ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्