खानेपानी तथा सरसफाइ विकास कोषको २२औ वार्षिकोत्सव सम्पन्न «

खानेपानी तथा सरसफाइ विकास कोषको २२औ वार्षिकोत्सव सम्पन्न

ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषले बिहीबार राजधानीमा ‘स्वस्थ राष्ट्रतर्फ उन्मुख अभियान’ नाराका साथ २२औ वार्षिकोत्सव मनाएको छ । समुदायको मागमा आधारित स्वामित्व-नेतृत्व, व्यवस्थापन र सहभागितात्मक अवधारणा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सरकारद्वारा विकास समिति ऐन २०१३ अन्तर्गत २०५२ साल चैत १ गते ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषको स्थापना भएको थियो । कोषले नेपालका ग्रामीण जनताका लागि सुरक्षित खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण गर्ने लक्ष्य लिएको छ ।
कोषले स्थापना भएदेखि हालसम्म नेपालका २३ लाखभन्दा बढी ग्रामीण जनतालाई सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराइसकेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले बताए ।
नेपाल सरकार र विश्व बैंकको सहयोगमा सञ्चालित कोषले सन् २०१४ देखि २०२० सम्मका लागि ‘ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना’ सञ्चालन गरिरहेको छ । आयोजनाले ५५ जिल्लामा १८ सय ७४ खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरी १५ लाख जनतालाई सेवा पु¥याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । विकास समितिले खानेपानी तथा सरसफाइसम्बन्धी क्रियाकलापको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक जवाफदेहिता कार्यक्रम लागू गरेको छ । कार्यक्रममा सरसफाइदूत सीताराम कट्टेलले खानेपानीसँग भावनात्मक सम्बन्ध रहेकाले सरसफाइलाई प्राथमिकता दिएको बताए ।

यशोदा सुनुवार 

प्रतिक्रिया दिनुहोस्