Logo

ग्रामिण बजारमा ठगिँदै उपभोक्ता

जुम्ला:कर्णाली सरकारले बाहिरी जिल्लाबाट अत्यावश्यक बाहेकका अन्य वस्तु आयातमा रोक लगाएसँगै दैनिक उपभोग्य वस्तु महंगो भएको छ । दैनिक उपभोग्यको वस्तुको मूल्यमा विगतको भन्दा २० देखि ३० प्रतिशतले बढेको छ ।
लकडाउनको मौका छोपेर महंगी बढेपनि त्यसलाई नियन्त्रण गर्न प्रशासनले चासो देखाएको छैन । प्रदेश सरकारले आयातित तरकारी लगायतका खाद्य वस्तुबाट पनि कोरोना संक्रमण हुन सक्ने भएकाले जिल्लामा अन्यत्रबाट सामग्री ढुवानीमा रोक लगाएको छ । यसको अनुचित लाभर भने साना ठूला व्यापारीले लिएका छन् ।
जुम्लामा यतिबेला सबैभन्दा बढी हरियो तरकारीको मूल्य बढेको छ । अघिपछि ४० रुपैयाँमा पाइने हरियो तरकारी यतिबेला ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी खाने तेलको मूल्य पनि अस्वभाविक रुपमा बढाइएको छ । बजारमा प्रतिकेजी १२० पर्ने प्याज गाउँमा १५० रुपैयाँमा बिक्री भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्