Logo

ग्रामिण बजारमा ठगिदैं उपभोक्ता

जुम्ला –कर्णाली सरकारले बाहिरी जिल्लाबाट अत्याआवश्यक बाहेकका अन्य बस्तु आयातमा रोक लगाए संगै कर्णालीमा दैनिक उपभोग्य बस्तु मंहगीएको छ । दैनिक उपभोग्यको बस्तुको मुल्यमा विगतको भन्दा २० देखि ३० बढेको पाईएको छ ।
तर नियन्त्रण हुन सकेको छैन् । कर्णाली सरकारले आयातित तरकारी लगायतका खाध बस्तुबाट पनि कोरोना संक्रमण हुन सक्ने भएकाले आयातमा रोक लगाईयो । यसको प्रत्यक्ष फाईदा साना ठुला व्यापारीले लिएकै देखिन्छ ।
सबैभन्दा तरकारीको मुल्य मंहगीएको छ । पहिला प्रतिकेजी ४० रुपैया पर्ने बन्दा सदरमुकाममै ६० देखि ७० रुपैयामा विक्रि भईरहेको छ । भने ७५ पर्ने स्वास्थीक तेल ९० र १ सय १० पर्ने धारा तेल १२० रुपैया लिएका छन् ।
सदरमुकामकै अबस्था यस्तो छ भने, गाउँका व्यापारीले कसरी ठगिरहेका होलान् भन्ने सजिलै अनुमान गर्न सकिन्छ । बजारमा प्रतिकेसी १२० पर्ने प्याज गाउँमा सिधै १५० लिन्छन, १८ सय भन्दा तल चामलको मूल्य छैन् ।
जुम्लाका हिमा गुठिचौर गाउँपालिका बाहेक अरुले राहत बाडेमा छैनन् । साना व्यापारीलाई मूल्य बढेको बारे बुझ्दा डिलरबाटै बढेको बताउँछन् । तर डिलरहरु कुनै बस्तुको मूल्य नबढेको दाबि गर्छन् । तरपनि गाउँका उपभोत्ताहरु ग्रामिण बजारबाट ठगिएका छन् ।
बस्तु प्रयाप्त भएको र नाका बन्द भएको मौका छोपी मुल्यमा तलमाथि गरेको नागरिक समाजको ठम्याई छ । नागरिक समाजका अध्यक्ष राज बहादुर महत भन्छन, व्यापारी संग बुझ्दा दैनिक उपभोग्य बस्तुको अभाव नरहेको बताउछन् ।
ग्रामिण बजारमा आबश्यकता अनुसार अनुगमनलाई तिब्र पार्नु पर्ने उनको सुझाब दिए । हरेक विपत्तीमा सरकार शहर केन्द्रित बढि हुने र ग्रामिण क्षेत्र सानो समस्याबाट पनि बढि प्रभावित हुने भएकाले ग्रामिण बजार अनुगनलाई अगाडि बढाउन आबश्यक रहेको बताए ।

एक नगरपालिका बाहेक सात वटै गाउँपालिकाका ग्रामिण बजारमा आबश्यकता अनुसार अनुगमन गर्ने उधोग बाणिज्य संघका अध्यक्ष रज्वब अलि मनिहारले बताए ।
उनले भने, तर रहेक बस्तुमा मूल्य बढेको हल्ला सुनिन्छ । हाल सम्म ठगिएको भनेर गुनासो आएको छैन् । जसले गर्दा कारबाहि गरिएको छैन् । यस्ता विषम परिस्थितीमा सहयोग गर्नुको साटो उपभोत्तालाई ठग्ने काम साना ठुला व्यापारी कसैले नगर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्