Logo

पञ्चकन्या समूहका कर्मचारीबाट राहत वितरण

पञ्चकन्या समूहमा कार्यरत कर्मचारीले रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले जारी गरेको लकडाउनमा दैनिक जीवनयापनमा समस्या परेको भन्दै मजदुरहरुलाई राहत प्रदान गरेको हो ।
उद्योगमा कार्यरत ६० जना मजदुर र तिलोत्तमा नगरपालिका–१५ का ६० जना विपन्न परिवारलाई राहत प्रदान गरिएको समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताए । टोल विकास संस्था र वडा कार्यालयको सिफारिसमा वडाका विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० किलो चामल, ५ किलो आँटा, ५ किलो आलु, २ किलो चिउरा, २ किलो दाल, १÷१ प्याज, नुन, तेल, साबुनलगायतका सामग्री प्रदान गरेका हुन् ।
राहत वितरण कार्यक्रममा सामाजिक दुरी कायम गरी गरिएको थियो । लकडाउनमा परेर खान नपाएका विपन्न परिवारलाई अन्य दिनमा पनि राहत प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ । कर्मचारीहरुले केहि दिन अगाडि उद्योगमा कार्यरत कर्मचारीले चैत महिनाको आफ्नो पारिश्रमीकबाट केहि दिनको रकम कट्टा गरी तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्