Logo

खाद्यन्न अभाव टार्न ८४५३ परिवारलाई राहत वितरण

धादिङ- विश्वव्यापी माहामारीका रुपमा फैलिरहेको कोराना भाईरस (कोभिड १९)को संक्रमण फैनल नदिन मुलुक लकडाउनमा बस्दा दैनिक ज्यालामजदुरी गरी खानेहरुलाई खाद्यन्न अभाव टार्न राहत विवरण गरिएको छ । दैनिक ज्यालामजदुरी, असाहय अशक्तहरुलाई नेपाल सरकारले रातह प्याकेज दिने निर्णय गरेसंग गजुरी गाँउपालिकाले नेपालमै पहिलो पटक फुड बैंक स्थापना गरी स्वच्छिक खाद्यन्न सहयोग गर्न सार्वजनिक अपील गरि खाद्यन्न सहयोग जुटाइरहेको छ ।
१३ स्थानीय तह रहेको जिल्लामा नौ वटा पालिकाले नेपाल सरकारले तोकोको मापडण्ढ अनुसार आठ हजार चार सय ५३ जनालाई राहत वितरण गरिसकेको छ । नीलकण्ठ नगरपालिका तथ्यांक संकलन गर्दै छ भने सिद्धलेक, ज्वालामुखी र रुवीभ्याली लकडाउनको समय थप भएमा मात्र राहत प्याकेज वितरण गर्नेे पक्षमा रहेको छ । गजुरी गाँउपालिकाले फुड बैंकमा विभिन्न व्यक्ति तथा संस्थाहरुले जम्मा गरेको खाद्य सामाग्री तोकिएको मापडण्ढ अनुसार छ सय ८५३ परिवारलाई राहत प्याकेज वितरण गरेकोे सुचना अधिकारी विवेक नेपालले बताए । गजुरी गाँउपालिकाको वडा नं. ४, ७, ८ मा भने राहत वितरण गर्न बाँकी रहेको छ । यसैगरी बेनीघाट रोराङ गाँउपालिकाले सवैभन्दा धेरै परिवार दुई हजार नौ ५२ लाई प्याकेज अनुसारको राहत वितरण गरेको सुचना अधिकारी परशुराम घिमिरेले बताए । गाँउपालिकालाई केही राहत प्याकेज व्यक्तिगत रुपमा प्राप्त भएको गाँउपालिकाले बताएको छ । धुनिवेशी नगरपालिकाले रातो र निलो कार्डवाला एक सय ८३ परिवार सहित आठ सय २३ परिवारलाई राहत प्याकेज वितरण गरेको उपप्रमुख निरु खरेलले बताइन् । केही खाद्य सामाग्री व्यक्तिगत र संस्थागतरुपमा प्राप्त भएको नगरपालिकाले बर्ताको छ । यसैगरी थाक्रे गाँउपालिकाले एक हजार एक सय ५२ परिवारलाई ससंघीय सरकारले तोकेको प्याकेज अनुसार राहत वितरण कार्य सकिएको अध्यक्ष रामकुमार आर्चायले बताए ।
यसैगरी गल्छी गाँउपालिकाले आठ सय परिवारलाई राहत प्याकेज वितरण सम्पन्न गरेको वडा नं. ४ र ५ मा भने वितरण गर्न वाँकी रहेको उपाध्यक्ष राधा तिमिल्सिनाले बताइन् । त्रिपुरासन्दरी गाँउपालिकाले अस्थायी रुपमा गाँउपालिका ज्यालामजदुरी गरेर बसेका मजदुरलाई पाँच जना बरावर एक परिवार मानेर एक सय प्याकेज र परिवार सहित बसेका ३० परिवार गरी एक सय ३० परिवारलाई राहत वितरण गरेको छ । परिवार सहित बसेका ३० परिवारलाई आईसिडिसी नामक गैरसरकारी संस्थाले सहयोग गरेको अध्यक्ष शम्भु थापाले बताए । यसैगरी गंगाजमूना गाँउपालिकाले एक हजार दूई सय ६१ परिवारलाई राहत प्याकेज वितरण गरेको सुचना अधिकारी दिपक अधिकारीले बताए । खनियाँवास गाँउपालिकाले ती सय ५८ प्याकेज राहत वितरण गरेको छ । वडा नं. १ र २ मा प्याकेज अनुसार र वडा नं. ३, ४, ५ मा प्याकेजलाई पनि स्थानीय आवश्यकता अनुसार दामासैले वितरण खाएको अध्यक्ष रण बहादुर तामाङले बताए । नेत्रावती दवजोङ गाँएपालिकाले तीन सय ९४ परिवारलाई राहत प्याकेज विरतरण गरेको अध्यक्ष दुर्गा नारायण शाक्यले बताए ।
यसैगरी नीलकण्ठ नगरपालिकाको वडा कार्यालयहरुमा आवश्यक नपर्ने मानिसहरु पनि राहत माग्न आएपछि सवै वडामा सामुदायिक मेस सञ्चालन गर्ने निर्णय सहित वडा नंं ३ धादिङवेशीमा मेस सञ्चालन गरेको थियो । मेस सञ्चालनको तेश्रो दिन प्रहरीले नियन्त्रणमा लिएको थियो । राहत वितरण गर्न तथ्यांक लिने काम वडातहबाट भईरहेको उपप्रमुख मनराज भण्डारीले बताए । सिद्धलेक गाँउपालिकाले लकडाउन थप भएमा मात्र राहत प्याके वितरण गर्ने गरी तयारी अवस्थामा बसेको उपाध्यक्ष कमला शर्माले बताईन । ज्वालामुखी गाँएपालिका पनि तत्काल राहत वितरण गर्ने अवस्थमा रहेको र लकडाउन अवधि थपिएर परिवारले खाद्यन्न जुटाउन नसकेको अवस्थामा मात्र राहत वितरण गरिने अध्यक्ष विनोद तिमिल्सिनाले बताए । यसैगरी हिमाली क्षेत्रमा पर्ने गाँउपालिका रुवीभ्याली गाँउपािलकाका सवै परिवारको अवस्था एकै किसिमको रहेको र वितरण गर्दा सवैलाई दिनु पर्ने भएकाले अहिले राहत वितरण नगर्ने अध्यक्ष चेरुङ तामाङले बताए ।
लकडाउन लम्विदै जाँदा बजाररु बन्द भइरहने र किसानहरुले उत्पादन गरेका ताजा तरकारीहरु विक्री नहुने यो समयमा किसानको खेतवारीमा खाद्यन्नवाली पाक्ने अवस्थामा नहेकोले पनि किसानहरुलाई समेत खाद्यन्न अभाव हुन सक्ने सम्भावना देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्