Logo

सिमेन्ट उद्योगलाई निर्माण सामग्री अभाव

धादिङ-कोरोना भाइरसको संक्रमण निणन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै धादिङका सिमेन्ट कम्पनीमा कच्चा पदार्थको अभाव भएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण चिनियाँ लगानी रहेको ह्वासिन सिमेन्ट उद्योगहरुमा निमार्ण सामग्री अभाव भएको छ ।
धादिङको बेनीघाट रोराङ गाँउपालिकामा रहेको सिमेन्ट उद्योगमा लकडाउनका कारण कच्चा पदार्थ उपलब्ध नहुँदा निर्माण कार्य प्रभावित भएको हो । २०७६ वैशाखबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेर काम थालेको थियो । उद्योग खोला किनारमा बनाएकाले २०७६ असार २९ गते आएको बाढीले उद्योग क्षेत्रमा पसि क्षति पु-याएको थियो । बाढीले नोक्सानी प-याएको संरचना पूर्वास्थामा फर्काउन करिब ४ महिना लागेको थियो । एक दिन आएको बाढीले उद्योग सञ्चालनलाई चार महिना पछि थकेलिएको छ ।
लकडाउनका कारण उद्योगलाई आवश्यक पर्ने निमार्ण सामग्री सिमेन्ट, स्टिल, आइरसहित मजदुर अभाव भएको ह्वासिन सिमेन्ट उद्योगका आन्तरिक मामिला तथा व्यवस्थापन विभागका प्रवन्धक दिलराज पोख्रेलले बताए । चिनियाँहरुको लगानी भएकाले ठेकेदार पनि चिनियाँ छन् । अहिले दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । चिनियाँहरु नयाँ वर्ष मनाउन चीन गएकै बेला कोरोना भाइरस संक्रमण देखिपछि मजदुर आउन पाएनन् । नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन लकडाउन भएपछि एक सय जनाको हाराहारीमा नेपाली मजदुर घर फर्किए । अहिले उद्योगमा एक सय ७५ जना नेपाली मजदुर र दुई सय २५ जना चिनियाँ मजदुरले काम गरिरहेका छन् ।
चीनमा एक सय १४ वर्ष देखि सञ्चालनमा रहेको ह्वासिन सिमेन्टको एक सय ५० उद्योग रहेको छ । नेपालमा सन् २०२० उत्पादन सुरु गर्ने लक्ष्य राखेको कम्पनीले दैनिक तीन हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य राखेको छ । १४ अर्व लगानी निमार्ण हुने सिमेन्ट उद्योग वातावरणमैत्री हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्