शुभकामना र खुसी साटासाटको पर्व

हामी पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरिरहेका छौँ । सामान्यतया नयाँ वर्ष भन्नाले नराम्रा पक्षलाई हटाएर नौलो राम्रो र सकारात्मक कार्य गर्नका लागि शुभारम्भ गर्ने महत्वपूर्ण अवसर हो । त्यसैले हामी घर घरमा पनि शुभकामनाको आदानप्रदान गर्दछौँ । मुख्य गरी राष्ट्रिय पर्व भएकाले पनि सार्वजनिक विदा हुने यस दिनमा वनभोज भेटघाट नाचगान गरी आपसमा मनोरञ्जन गर्दै, धुमधामले मनाइने वैषाख १ गतेलाई अत्यन्तै शुभ दिने मानिन्छ । हाम्रो सन्दर्भमा नै भन्ने हो भने सौरमान अनुरुप सूर्यले एक वर्ष यात्रा पुरा गरी मीन राशिबाट मेष राशिमा प्रवेश गरेपछि नव वर्ष शुरु भएको मानिन्छ ।
वाह्र राशिमध्येको पहिलो नै मेष र वाह्र महिना मध्येको पहिलो महिना वैषाख हो । ज्योतिषशास्त्र अनुसार एउटा पूर्ण राशिवृत्तको अशं ३६० अंशलाई वाह्रले भाग गरे १२ वटा राशि र वाह्रवटै महिनाको कल्पना गरिएको पाइन्छ । यस विषयलार्य आजको नयाँ नेपाल निर्माणकै क्रमसँग जोड्ने र अध्यापन गर्ने विषय समेतमा वडो महत्वका साथ लिइन्छ । किनभने विज्ञान, भूगोल र सामाजिक यी तीन वटै विषयसँग अन्तरसम्वन्धित छन् । हिन्दु धर्म अनुसार अथवा शास्त्र अनुसार मेष आदि १२ वटा राशिको मात्र नभइ वाह्रै महिनाको कल्पनामा पनि नक्षेत्रको नै सहयोग लिइएको देखिन्छ ।
सूर्यले एउटा राशि चक्रलाई संक्रमण गर्न जुन सवा दुई नक्षेत्रको सहयोग लिने गर्दछन् तिनै मध्यको मुख्य नक्षत्रको नामबाट हालका महिनाहरूको नामाकरण गरिएको पाइन्छ । यसका लागि सूर्य अस्ताएपश्चत् पूर्वको क्षितिजमा देखिने नक्षत्रलाई मूल आधार मानेर महिनाको नाम राख्ने गरेको ज्योतिषशास्त्रहरूको अध्ययन गर्दा पाउन सकिन्छ । जस्तै वैशाख महिनामा सूर्यास्तको लगतै पछि पूर्व क्षितिजमा विशाखा नक्षत्र देखापर्छ । यो नक्षत्र सूर्यास्त हुनासाथै आकाशमा देखा परेर विस्तारै विस्तारै दुई घण्टामा करिव ३० अंशको गतिले पश्चिम तर्फ वढ्दै गएर विना दुरविन मध्यरातमा मध्य आकाशमा पूर्ण रुपले देख्न सकिन्छ ।
अर्को वडो रोचक र जानकारी मूलक कुरा के छ भने सूर्यास्तका वेला पूर्वको क्षितिजमा देखा पर्ने ज्येष्ठा नक्षत्रको आधारमा जेठ महिना हुँदै यही रीतले देखा पर्दै जाने पूर्व आषाढलार्य आषाढ, श्रवणलाई श्रावण, पूर्वभाद्रालाई भाद्र, आश्विनीलाई अश्विन, कृतिकालाई कार्तिक, मृगशीरालाई मंसिर, पुष्यलार्य पुस, माघलाई माघ, उत्तरफाल्गुनीलाई फागुन र चित्रालाई चैत्र भनेर नामहरू राखिएका छन् । अचेल हाम्रो कला संस्कृति र विशेष गरी यस्ता चाडपर्वमा पाश्चात्य संस्कृतिको प्रभाव वढ्दै गएको छ । पहिले पहिले सुपारी वितरण गरी निमन्त्रणा जता भन्ने वुझिन्थ्यो । त्यसको वदला कार्ड छपाएर खर्चिलो र भड्कीलो त्यसमा पनि सवै पाश्चात्य प्रभावमा रम्ने संस्कृति वढेर गएको छ ।
नयाँ वर्षमा आपसमा जमघट गर्ने मिष्ठान्न भोजन खाने नाच्ने गाउने शुभकामनाको आदान प्रदान गर्ने आपसमा रमाइलो वातावरणमा रम्ने गरिन्छ । यस्तो प्रचलन अन्य देशहरूमा पनि हुन्छन् । नयाँ वर्षको शुभ अवसरमा नराम्रा र गलत कार्य नगर्ने प्रण गर्ने आफ्नो कार्यक्षेत्रमा नयाँ जोश र जाँगर का साथ कार्य सम्पादन गर्ने आर्थिक सामाजिक र संस्कृतिक विकास कार्य मार्गमा लाग्ने अठोट गरिन्छ । आफन्त साथीभाई भेटघाट गर्ने पिकनिक होस या अन्य जमघटमा रमाइलो गर्ने शुभकामना दिने लिने र प्रगतिको कामना गर्ने चलन छ ।
देशमा वहुप्रतिक्षित लोतान्त्रिक संविधान जारी भएको छ । त्यसको कार्यान्वयन गर्ने कार्य ज्यादै चुनौतीपूर्ण छ । करिव आठ वर्ष समय व्यतित गरी अर्वौ रुपैया खर्चेर निर्माण गरिएको संविधान सभा द्धारा संविधान जारी गरिनु आफैमा सुखद र ऐतिहासिक कार्य हुदै हो । तराइमा रहेको मधेशवादी दलले पूर्ण रुपमा स्वीकार गर्न नसकेको वर्तमान संविधानलाई फेरी पनि सहमति सहार्य र एकताको माध्यम द्धारा नै कार्यन्वयनमा लैजानु छ । भूकम्प र नाकावन्दीले थलिएको विकास निर्माण र आर्थिक अवस्था सुधार्नु छ । देशमा व्याप्त भ्रष्टाचार कालोवजारी महंगी र अस्थिरतालाई हटाउनका लागि पुन सवै दलहरू एक स्थानमा जुटेर समस्याको दीर्घकालीन समाधान गर्नुछ ।
देशको सवै भन्दा ठूलोदल नेपाली कांग्रेस प्रतिपक्षमा छ त्यो पनि नवीन नेतृत्वको साथमा उसलाई पनि संविधान कार्यान्वयनका लागि साथै लिएर जानुपर्ने चुनौती वर्तमान सरकारको रहेको छ । यी सवै नकारात्मक पक्षलाई सही मार्गमा लैजान राजतितिक स्थिरता कायम गरी देशको समग्र विकासका लागि नयाँ वर्षले सवैलाई सकारात्मक धारणाको जागृत गराउन सकोस् यही नै शुभकामना ।